वन मन्त्रालय स्वीकार गर्दिनँ : विनाविभागीय मन्त्री भरत साह

जनपत्र
१६ बैशाख २०८१, आईतवार १५:५२

जनकपुरधाम। मधेश प्रदेश सरकारमा विना विभागीय मन्त्रीको शपथ लिएका भरतप्रसाद साहले आफूलाई जिम्मेवारी दिएको वन तथा वातावरण मन्त्रीको जिम्मेवारी स्वीकार नगर्ने बताएका छन् ।

अर्थ मन्त्रालय लिने अडान लिएका माओवादी केन्द्र संसदीय दलका नेता साहलाई मुख्यमन्त्री सरोज कुमार यादवले आज वन मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

मुख्यमन्त्रीको कार्यविभाजनको सिफारिस अनुसार मधेश प्रदेश प्रमुखको कार्यालयले सूचना प्रकाशित गरेको छ ।

साहले आफू पनि प्रदेश प्रमुखको कार्यालयबाट प्रकाशित सूचनाबाट नै जानकारी पाएको बताए ।

‘मैले पनि त्यही सूचनाबाटै जानकारी पाएँ । मुख्यमन्त्रीले विश्वासको मत लिनु पूर्व गरेको सहमति कार्यान्वयन गर्नुपर्छ । वन मन्त्रालय म स्वीकार गर्दिनँ ।’ उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*