राष्ट्रिय युवा संघ नेपाल मकवानपुरगढीको प्रशिक्षण

जनपत्र
१६ बैशाख २०८१, आईतवार ०५:३४

हेटौंडा । राष्ट्रिय युवा संघ नेपाल मकवानपुरगढी गाउँपालिका कमिटीको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ नेपाल मकवानपुरगढी गाउँपालिका कमिटीको आयोजनामा शनिबार एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

मकवानपुरगढीका युवाहरुलाई आज विभिन्न विषमा विभिन्न व्यक्तिहरु द्वार प्रशिक्षण दिएको हो । जसमा नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य मदन कुमार दहालले पार्टीको अभियान मिशन ८४ र समसामायीक राजनीतिक विषयमा प्रशिक्षण दिएका थिए ।

त्यस्तै, राष्ट्रिय युवा संघ नेपालका लेखा आयोग प्रमुख सन्तोष चौलागाईले युवाहरुलाई जबज र समाजबादको विषयमा प्रशिक्षण दिएका थिए भने मकवानपुर जिल्ला कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्र उपप्रमुख आरती पाठकले जनसंगठन र पार्टी बीचको अन्तरसम्बन्धको विषयमा प्रशिक्षण दिएकी थिइन् । र राष्ट्रिय युवा संघ नेपाल मकवानपुरका जिल्ला संयोजक राजेश नगरकोटीले राष्ट्रिय युवा संघ नेपालको इतिहास र कार्यदिशाको विषयमा प्रशिक्षण दिएका थिए ।

युवा संघ मकवानपुरगढीका अध्यक्ष विष्णु प्रसाद सिलवालको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका लेखा आयोग प्रमुख सन्तोष चौलागाईको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै, एमाले मकवानपुरगढीका सचिव नानिराम तिमल्सिना, नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका सदस्य कृष्ण ढुंगाना लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*