मकवानपुरमा खोलामा डुबेर एक जनाको मृत्यु

जनपत्र
१३ बैशाख २०८१, बिहीबार १७:१९

हेटौंडा । मकवानपुरमा खोलामा डुबेर बिहीबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ७, बस्ने ३३ वर्षीय शेखर थापा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बिहीबार दिउँसो १ बजेको समयमा थापा खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि हेटौँडा अस्पतालमा लगिएको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*