चलचित्र विकास बोर्डले आफैं फिल्म बनाउने, ७५ लाख विनियोजन

जनपत्र
१७ कार्तिक २०८०, शुक्रबार ०७:०९

चलचित्र विकास बोर्डले आफैं फिल्म निर्माण गर्ने भएको छ । यसका लागि ७५ लाख रुपैयाँ बजेट विनियोजन भएको र बोर्डले पेश गरेको फिल्म निर्माणसम्बन्धी कार्यक्रमलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वीकृत गरेको बोर्ड प्रवक्ता केएल बुढाथोकीले जानकारी दिए ।

‘बोर्डले आफैं फिल्म बनाउने कार्यक्रम पारित भएको छ । मन्त्रालयले पनि स्वीकृत गरेकाले अब यसलाई कार्यविधिमा समेट्ने तयारी भइरहेको छ,’ प्रवक्ता बुढाथोकीले अनलाइनखबरसँग भने । फिल्म निर्माणमा निजी क्षेत्रसँग पनि सहकार्य गर्न सकिने योजना रहेको उनले बताए ।

राष्ट्रियता, संस्कृति, कला, गौरव र मौलिकता दर्शाउने कथावस्तुमा फिल्म बनाउने बुढाथोकीले जानकारी दिए । ‘हामीले राष्ट्रिय जीवनका सबै पक्षलाई समेटेर फिल्म बनाउने तयारीमा छौं । यसका लागि स्क्रिप्ट लेख्ने र लोकेसन खोज्ने काम भइरहेको छ,’ उनले प्रश्न गरे, ‘सेना, पुलिसले पेट्रोल पम्प चलाउन हुने, साझा प्रकाशनले पुस्तक बेच्न हुने, शाही नेपाल चलचित्र संस्थानले पनि फिल्म बनाउन हुने तर बोर्डले फिल्म बनाउन किन नहुने रु’

बजेट पास भइसकेर पनि यो प्रक्रिया धेरै अघि बढेको बुढाथोकीले बताए । विनियोजित ७५ लाख रुपैयाँमा पनि अतिरिक्त बजेट थप हुन सक्ने उनले बताए । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा पनि बोर्डले फिल्म निर्माण गर्ने योजनाबारे सकारात्मक रहेको बुढाथोकीले बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*