डिशहोमको दशैं स्पेशल शो : सुपरहिट चलचित्र छक्का पञ्जा ४ निःशुल्क हेर्न सकिने
वर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरू, डिशहोममा मात्र एक्सक्लुसिभ प्रदर्शन भइरहेका छन् ।
चाडवाडको अवसरमा डिशहोमले आफ्नो ग्राहकहरूलाई मनोरञ्जन प्रदान गर्नको लागि दशैं स्पेशल शो अन्तर्गत सुपरहिट नेपाली चलचित्र छक्का पञ्जा ४ प्रदर्शन गर्दैछ ।
डिशहोमका सबै एक्टिभ ग्राहकहरूले विनाकुनै अतिरिक्त शुल्क प्लसमुभीमा कात्तिक ३ र ४ गते बेलुका ७ बजे यो चलचित्र निःशुल्क हेर्न सक्नेछन् ।
यस्तै दशैं मुभि फेस्ट अन्तर्गत घटस्थापनादेखि रमाइलो टीभी र प्लस मुभीमा दशैंभरि नयाँ–नयाँ नेपाली चलचित्र हेर्न सकिने छ ।
थप जानकारीका लागि ग्राहक सेवा केन्द्रको फोन नम्बर १६६० ०१ २२०००, ९८०११५५००० वा ०१ ४२१७६६६ मा फोन गर्न सकिने डिशहोमले जनाएको छ ।
डिशहोमको यो प्रयासले स-परिवारसँगै बसेर नयाँ चलचित्र हेर्नका साथै भरपूर मनोरञ्जन लिन सक्ने कम्पनीको विश्वास छ ।






