एसियाली खेलकुदका लागि भारतीय क्रिकेट टोलीको घोषणा

जनपत्र
३० असार २०८०, शनिबार १७:४९

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले १९ औँ एसियाली खेलकुदका लागि क्रिकेट टोलीको घोषणा गरेको छ । टिमको कप्तान ऋतुराज गायकवाडलाई दिइएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ८ सम्म चल्ने एसियाली खेलकुदमा टी–२० फर्म्याटका क्रिकेट खेलहरु हुनेछन् ।

अक्टोबर ५ बाट सुरु हुने एकदिवसीय विश्वकपका कारण यस प्रतियोगिताका लागि युवा खेलाडी छनोट गरिएको हो । यो टोलीमा गायकवाड बाहेक तिलक वर्मा र रिंकु सिंह पनि छन् ।

भारतीय टोली स् ऋतुराज गायकवाड, यशस्वी जैसवाल, राहुल त्रिपाठी, तिलक वर्मा, रिंकु सिंह, जितेश शर्मा, वाशिंगटन सुन्दर, शाहबाज अहमद, रवि बिश्नोई, आवेश खान, अर्शदीप सिंह, मुकेश कुमार, शिवम मावी, शिवम दुबे र प्रभसिमरन सिंह ९विकेटकीपर० । स्ट्यान्डबाइ खेलाडीहरू – यश ठाकुर, साई किशोर, वेंकटेश अय्यर, दीपक हुड्डा, साई सुदर्शन

ि१६औँ एसियाली खेलकुदमा क्रिकेटलाई औपचारिक रूपमा समावेश गरिएको थियो । यी खेलहरू १२ देखि २७ नोभेम्बर २०१० सम्म चीनको ग्वाङ्झाउ शहरमा आयोजित भएका थिए। त्यसपछि भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका गरी चार एसियाली टोली सहभागी थिए।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*