शैक्षिक सहयोग अक्षय कोषको चौथो वार्षिक साधारण सभा

जनपत्र
२० असार २०८०, बुधबार ०६:३१

मकवानपुर – शैक्षिक सहयोग अक्षय कोष, मकवानपुरको चौथो वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । शैक्षिक सहयोग अक्षय कोष, मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षता एवम् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा साधारण सभा भएको हो ।

साधारणसभामा प्रमुख अतिथि पौडेलले पबित्र उदेश्यका साथ स्थापना भएको कोषलाई अगाडी बडाउन सबैले सहकार्य गर्नुपर्ने बताउनुभयो । उहाँले शिक्षाको अवसरबाट कोहि पनि बञ्चित हुन नपरोस भन्ने पबित्र उदेश्य संस्थाको रहेको भन्दै यसमा सबैको सहकार्य जरुरी रहेको बताउनुभयो ।

मकवानपुर जिल्लामा आवश्यक्ताका आधारमा संस्था स्थापना भएकाले यसलाई जिवन्त बनाउँदै थप सुदृढ बनाउन सबैको प्रयास र प्रयत्न आवश्यक रहेको उहाँको भनाई थियो । उहाँले शिक्षा पाउने सबै बालबालिकाको नैसर्गीक अधिकार भएपनि कति पय अवस्थामा त्स्ता बालवालिकाहरु अधिकारबाट बञ्चित भईरहेको हुँदा त्यस्ता बालबालिकाको अधिकार स्थापित गर्न र शैक्षिक कृयाकलापमा जोड्न संस्थाले योगदान गर्नुपर्ने बताउनुभयो ।

साधारणसभामा संस्थाका सचिव बद्री पाठकले सचिवको र कोषध्यक्ष राम कृष्ण थापाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको छ । संस्थामा हालसम्म आजिवन सदस्य ७१ जना, विशिष्ट सदस्य ९ जना, साधारण सदस्य १५ जना र संस्थागत सदस्य १९ जना गरि ११४ जना सदस्य रहनु भएको छ । भने संस्थाको कोषमा हालसम्म १४ लाख ५१ हजार ७०५ रुपैयाँ जम्मा भएको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष खुलालले शिक्षाको अवरबाट बञ्चित विपन्न, असाहाय अनाथ, विभिन्न कारणले अभिभावक गुमाएका, विस्तापित एवम् जोखिममा रहेका बालबालिकालाई न्युनतम शिक्षाको अवसर दिलाउने तथा शिक्षाका अन्य क्षेत्रमा समेत सहयोग पु¥याउने उदेश्यका संस्था स्थापना भएको बताउनुभयो । उहाँले आगामी दिनमा संस्थामा आवद्ध भएर जिल्लाको शैक्षिक क्षेत्रमा योगदान पु¥याउन सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा जिसस प्रमुख ललितबहादुर घलानकाे पनि उपस्थिती थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*