हेटौंडामा तालिम समापनसँगै उद्यमिलाई प्रबिधी हस्तान्तरण

जनपत्र
१९ असार २०८०, मंगलवार २०:०६

हेटौंडा– नियमित आय आर्जनमा महिलाहरुलाई जोड्नका लागि हेटौंडा उपमहानगरपालिकाले सञ्चालन गरेको गरीबि निवारणका लागि लधु उद्यम बिकास कार्यक्रमको समिक्षा सहित सिप बिकास तालिमाको समापन गरीएको छ ।

मेड्पा कार्यक्रम अन्तरगत चालु आर्थिक बर्ष २०७९/०८० मा बिभिन्न क्षेत्रमा सञ्चालन भएको सिलाई कटाइका बेसिक तथा एड्भान्स कोर्समा सहभागिलाई मंगलबार हेटौंडा उपहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा तथा उपप्रमुख राजेश बानियाँले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

तालिममा सहभागि भएका लघु उद्यमिहरुलाई सिलाई मेसिन हस्तान्तण गरिएको थियो । तालिमको समिक्षा तथा समापनमा नगर प्रमुख लामाले स्थानिय सरकारले स्वरोजगारीका लागि गरेको लगानीलाई खेर जान नदिन आग्रह गरिन । लामो समय लगाएर सिप सिकेपछि व्यवहारमा उर्तार्दै आर्य आर्जनमा जोडिन जरुरी रहेको उनले बताइन् । आफुले जानेको सिपलाई तिर्खादै व्यवसायीक बन्दै अघि बढ्न सहभागिहरुलाई शुभकामना दिइन् ।

सिपलाई व्यवहारीक बनाउँनका लागि कुनै समस्या भए उपमहानगरपालिका सहयोगि बन्न तयार हरेको भन्दै अब व्यवसायीक बन्न जरुरी रहेको औल्याइन् । उनले भनिन् ‘सिप सिकेकाहरुको समुह बनाएर उद्योग सञ्चालन तर्फ लाग्न आवश्यक छ ।’ तालिम पछि एड्भान्स भएर काममा अघि बढ्न जरुरी रहेको उनको भनाई थियो ।

गरिवि निवारणका लागि लधु उद्यम विकास कार्यक्रमले बर्षमा १९० जना महिलाहरुलाई रोजगारीको अवसर दिने गरी उपमहानरमा काम भैरहेको छ । तालिममा सहभागिले आफुले सिकाइका क्रममा उत्पादन गरेका सामग्री प्रदर्शनका लागि कार्यक्रममा ल्याएका थिए । कार्यक्रममा आर्थिक बिकास महाशाखा प्रमुख राजेश्वरी शाही, उद्योग तथा सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेलको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*