प्रदेश ३ को एउटै मन्त्रालयको राजस्व डेढ अर्व
हेटौंडा । प्रदेश नम्बर ३ को उद्योग, पर्यटन्, वन तथा वातावरण मन्त्रालयले बितेको आर्थिक वर्ष २०७५–०७६ मा एक अर्व ७३ करोड ३५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । सबै भन्दा वडी वन क्षेत्रबाट राजस्व संकलन गरेको छ ।
मन्त्रालयले वन क्षेत्रबाट मात्र ७८ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन गर्न सफल भएको हो । प्रदेशका १३ जिल्लाबाट वन क्षेत्रबाट प्रदेश सरकारले ७८ करोड भन्दा बडी राजस्व संकलन गर्न सफल भएको उद्योग, पर्यटन्, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालका निजी सचिव नवराज पुणासैनीले जानकारी दिनुभयो ।
यसैगरी समुहकोष तर्फ ६५ करोड २१ लख रुपैयाँ राजस्व संकलन गरिएको छ । सरकारी संचित कोषमा १३ करोड ६३ लाख र उद्योग क्षेत्रमा १५ करोड ६७ लाख रुपैयाँ राजस्व संकलन गर्न सफल भएको पुणासैनीले बताउनुभयो । चालु आर्थिक वर्षमा यो राजस्वलाई अझै बृद्धी गर्न सक्ने मन्त्रालयले लक्ष राखेको छ ।
यसैगरी मन्त्रालय अन्तरगतका १३ जिल्लाका वन कार्यालय मार्फत आम उपभोक्ताहरुलाई १६ लाख ४३ हजार ८ सय ३६ घनफिट काठ उपलब्ध गराइएको छ । बितेको आर्थिक वर्षमा उद्योग, बाणिज्य तर्फ ११ हजार एक सय ७ वटा दर्ता भएका छन् । नबिकरण भने दश हजार ८ वटा भएका छन् ।
सबै वन कार्यालयमा गरी १५ लाख वटा बिभीन्न जातका बिरुवा उत्पादन गरिएको पुणासैनीले बताउनुभयो । वन क्षेत्रमा ४९ हेक्टर अतिक्रमण हटाइएको छ । ३ सय २९ हेक्टरमा बिभीन्न जातका बिरुवा रोपिएको छ ।