हेटौंडा आँखा अस्पताललाई खाट

जनपत्र
२६ श्रावण २०७६, आईतवार १७:५७

हेटौंडा / हेटौडा इनफिलडेर्स मकवानपुरले हेटौंडा सामुदायिक आँखा अस्पताललाई १७ वटा खाट सहयोग गरेको छ । आज क्लबले एक कार्यक्रमको आयोजना गरि ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल मार्फत हस्तान्तरण गरेको हो ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले अस्पताल जस्तो संबेदनसिल क्षेत्रमा सहयोग गरेकोमा खुशी व्यक्त गर्नु भयो । साना साना सहयोग मिलेर नै ठुलो हुने उहाँको भनाई थियो । युवाहरूले रचनात्मक काममा सदैव अगाडि बढ्न सुझाव समेत दिनुभयो । खाट खरीदमा करीब १ लाख खर्च भएको क्लबका उपाध्यक्ष एबम कार्यक्रम संयोजक दिपेन्द्र चन्द ठकुरीले जानकारी दिनुभयो ।

आगामी दिनमा यस्ता सहयोग जारी राख्ने उहाको भनाई थियो । आँखा अस्पतालमा बिरामीहरु भुइँमा सुतेको देखेपछि आफुहरुले सहयोग गरेको उहाले जानकारी दिनुभयो । यो क्लब रोयल इन्फिल्डर्स बुलेट  मोटरसाइकल साईकल प्रयोग कर्ताहरुको सस्था हो । कार्यक्रममा अस्पतालका सिद्दिलाल श्रेष्ठ, अस्पतालका प्रमुख डा सुनिल थकाली, क्लबका अध्यक्ष बिजय थापा लगायत सहभागी थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*