धादिङ दुर्घटना अपडेट : बसमा ४५ जना, मृतकको सनाखत, १६ को उद्धार

जनपत्र
२४ श्रावण २०७६, शुक्रबार ०९:०५

सर्लाहीको मलंगवाबाट काठमाडौं जादैं गरेको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका ३ सलाङघाट स्थित त्रिशुली नदीमा खस्दा ३ जनाको मत्यु भएको छ । १६ जनाको जीवितै उद्धार गरिएको छ ।

४५ जना सवार ना. ६ ख ७४६९ नम्बरको सृष्टि डिलक्स शुक्रबार बिहान ३ :३० बजेको नदीमा खसेको प्रहरीले जनाएको छ । बसमा मलंगवाबाट ४० र हरिपुरबाट २ जना यात्रु चढेको र बसका ३ कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

बसमा यात्रुका अलवा चालक जीवन भनेर चिनिने लक्ष्मण जमरकटेल सहचालक प्रमोद चौधरी र कन्टेक्टर ऋषी उप्रेती सवार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
मृतक ३ जनामा राजनारायण रौनियार, उनकी श्रीमती शोभा  रौनियार र सौरभ रौनियार रहेको धादिङ प्रहरीले जानकारी दिएको छ । तीनै जना सर्लाही ब्रम्हपुरी गाउँपालिका-४  का हुन् ।

प्रहरीकाअनुसार उद्धार गरिएका १६ जनामा भुपेन्द्र कुमार यादव, अनिष राय, सुनिता रोकाया, शिखर कुमार महतो, राकेश बैठा, संजय महतो, रहेका छन् । त्यसैगरी जहेन्दर ठाकुर, रोहित कुमार मण्डल, शमिम राजा अन्सारी, धीरेन्द्र ठाकुर, चालक लक्ष्मण जमरकटेल, विजय राय यादव, दिनेश ठाकुर, भोगेन्द्र चौधरी, राहुल रहेका छन्।

घाइतेहरुको धादिङको गजुरी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि काठमाडौं लैजाने तयारी भएको धादिङका प्रहरीले जनाएको छ ।  अँध्यारोमा बस खसेको र नदीमा पानीको बहाव बढी भएकाले यात्रुलाई बगाएको हुन सक्ने प्रहरीको अनुमान छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बसमा सवार यात्रु
बिष्णु गाउँपालिकाका खुश रंजन (९८६००८००६१),
शिवनगरका मोहम्म मतलुङ (९८२३२८५७५३),
अगर्वाका नविन कुमार महतो (९८१७६०५९९३),
लक्ष्मीपुरका मनिष रायसहित २ जना (९८०७६३३२४१),
बेल्हीका राकेश राउत (९८०७६४०३३५),
भारतका मज्जफरपुरका आशिष कुमारसहित २ जना(९८०८२०४२८०),
गम्हरियाका दिनेश ठाकुर(९८१८६५८७५०),
भारत पर्सा मोडका धीरेन्द्र शर्मा(९८६९६९२७५७),
औरहीका रबि कुमारसहित ३ जना(९८६४५८७६१८),
भारतका अररियाका दिलिप दाससहित ३ जना (९८१८३०८२५०),
मलंगवाका भुपेन्द्र कुमार (९८५४०३५५०५),
त्रिभुवनगरका राजनारायण गुप्तासहित ४ जना (९८४४०३३२९२),
मलंगवाका संजिव चौधरी (९८१७६३२५१४),
मलंगवाका अरिबन्द सिंह (वकिल) (९८५१०४४८२१),
मलंगवाका अनिष राय (९८१४८३७०६६),
भारतका लरकवा रामबाबु यादवसहित ३ जना (९८४१६०१०५१),
भारतका कुवारीका अजय ठाकुरसहित २ जना (९८४९८०६७८५),
मलंगवाका रोहित मण्डल (९८१६२८४५९८),
मलंगवाका शमिम (९८१२१५७७७८),
मलंगवाका सुशिल श्रीवास्तव र अनिल (९८१५७२७७९९),
गणेशियाका भाग्य नारायण महतोसहित ३ जना (९८००८९७९८०)
हरिपुरका योगेन्द्र चौधरी (९८४५७०९२१९) र अमित लामा (९८६२५७८६५१)
अन्नपुर्ण पोष्टबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*