हेटौँडा –काठमाडौं जोड्ने फाखेल र सिस्नेरी सडकमा जोर विजोर

जनपत्र
२३ श्रावण २०७६, बिहीबार १०:०५

हेटौँडा । हेटौँडा –काठमाडौं जोड्ने छोटो दुरीको फाखेल र सिस्नेरी सडकमा जोर विजोर प्रणालीमा टाटासुमो संचालन भएको छ । फाखेल र सिस्नेरीका दुबै सडक साघुरो भएका कारण जोर बिजोर प्रणाली लागू गरिएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी नायव उपरिक्षक यज्ञप्रसाद भट्टराईले बताउनुभयो ।

बर्षायाममा बाढी, पहिरोका कारण यस क्षत्रको जोर बिजोर प्रणाली लागू हुन सकेको थिएन । तर, अहिले फाखेल र सिस्नेरी दुबै सडक सञ्चालनमा आएपछी फेरी जोर बिजोर प्रणाली लागू गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै, भीमफेदी–कुलेखानी सडक रुट प्रयोग गरी ईन्द्रसरोबर गाउँपालिकाका ग्रामिण भेगमा कृषि उत्पादन, दैनिक उपभोक्ता बस्तु तथा निर्माण सामग्री ढुवानी गर्न गाउँपालिकाका मिनि ट्रक संचालन गर्न पाउने, गर्मीयाममा विहान ५ बजे अगाडि र बेलुकी ८ बजे पछाडि र जाडो याममा विहान ६ बजे अगाडि र बेलुका ७ बजे पछाडि मात्रै भीमफेदी कुलेखानी रुटमा ६ टन भन्दा कम भार वहन क्षमताको मिनि ट्रक प्रयोग गरी ढुवानी गर्ने निर्णयलाई कार्यान्वयन गर्ने निणर््य भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*