आईपीएल फाइनलमा चेन्नई र गुजरात खेल्दै

जनपत्र
१४ जेष्ठ २०८०, आईतवार ०६:४१

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको यो सिजनको उपाधिको लागि आज चेन्नई सुपर किङ्स र गुजरात टाइटन्स खेल्दैन् । फाइनल प्रतिस्पर्धा भारतको अहमदावादमा नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

पहिलो क्वालिफायरमा गुजरातलाई हराउँदै चेन्नई फाइनलमा पुगेको हो । दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई हराउँदै गुजरातले चेन्नईसँगको फाइनल भेट पक्का गरेको हो ।

पहिलो प्लेअफमा चेन्नईसँगै पराजित भएको गुजरात दोस्रो क्वालिफायरमा मुम्बई इडियन्सलाई पराजित गर्दै फाइनल पुगेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*