अख्तियारको हेटौंडा कार्यालयमा ७३ प्रतिशत उजुरीको फच्यौट

एक वर्षमै ११ सय उजुरी, स्थानीय तहमा भ्रष्टाचार बढी ।
जनपत्र
२१ श्रावण २०७६, मंगलवार ०७:३३

हेटौंडा । अख्तियार दुरुपयोग अनुसंधान आयोगको हेटौंडा स्थित कार्यालयमा बितेको आर्थिक वर्ष २०७५–०७६ मा एक हजार १ सय वटा उजुरी परेका छन् । कुनैपनि सरकारी क्षेत्रबाट भ्रष्टाचारसंग सम्वन्धीत एक हजार भन्दा बढी उजुरी अख्तियारको हेटौंडा कार्यालयमा परेका हुन् । एक वर्षमा परेका उजुरी मध्यमा ७ सय ७३ वटा उजुरीको फच्यौट गरिएको अख्तियार दुरुपयोग अनुसंधान आयोगको हेटौंडा स्थित कार्यालयका सूचना अधिकारी देवकुमार राईले बताउनुभयो ।

बितेको आर्थिक वर्षमा अख्तियारको हेटौंडा कार्यालयले ७३ दशमलव ३ प्रतिशत उजुरीको फच्यौट गर्न सफल भएको हो । बितेको आर्थिक वर्षमा परेका उजुरी मध्यमा ३ सय २७ वटा उजुरीको फच्यौट हुन बाँकी भएकाले चालु आर्थिक वर्षमा जिम्मेवारी सरेर आएको उहाँले बताउनुभयो ।

भ्रष्टाचारका उजुरी मध्यमा प्रदेश नम्बर २ को बारा जिल्लाका धेरै उजुरी परेका छन् । हेटौंडा कार्यालय अन्तरगत पर्ने वारा जिल्लामा ३ सय १६ वटा उजुरी परेको छ । त्यस मध्यमा एक सय ८५ वटा उजुरीको फच्यौट गरिएको छ । अब चालु आर्थिक वर्षका लागि एक सय ३३ वटा उजुरीको छानबिनका लागि जिमेवारी सरेर आएको सूचना अधिकारी राईले जानकारी दिनुभयो ।

त्यसैगरी पर्षा जिल्ला भ्रष्टाचारका उजुरी पर्नेमा दोस्रो स्थानमा रहेको छ । पर्षामा एक वर्षको अवधिमा २ सय ८२ वटा उजुरी परेका छन् । त्यस मध्यमा २ सय ९ वटा उजुरीको फच्यौट गरिएको छ । अरु ७३ वटा उजुरीमा छानबिन चलिरहेको छ । भ्रष्टाचार गर्नेमा तराईका जिल्ला पछी पहाडी जिल्लामा मकवानपुर पहिलो स्थानमा छ । अख्तियारको हेटौंडा कार्यालयले हेर्ने जिल्ला मध्यमा तेस्रो स्थानमा छ भने पहाडी जिल्लाको तुलनामा पहिलो स्थानमा छ ।

मकवानपुरमा बितेको आर्थिक वर्षमा एक सय ९३ वटा उजुरी परेका छन् भने एक सय २७ वटा उजुरीको फच्यौट गरिएको छ । अरु ६६ वटा उजुरीको छानबिन चलिरहेको अख्तियारले जनाएको छ । जिल्लामा सबै भन्दा वढी उजुरी र भ्रष्टाचार पनि स्थानीय तहमा मौलाउँदै गएको छ । स्थानीय तहका धेरै उजुरी परेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*