ओलीमाथि भएको आक्रमण प्रयासको एमाले मकवानपुरद्वारा आपत्ती, दोषिमाथि कडा कारबाहीको माग

जनपत्र
१५ बैशाख २०८०, शुक्रबार १७:५२

हेटौँडा । नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपीशर्मा ओलीलाई लक्षित गरेर झापामा भएको दुब्र्यबहारको घटनाको नेकपा एमाले मकवानपुर जिल्ला कमिटिले भत्र्सना गरेको छ । नेकपा एमाले मकवानपुरका अध्यक्ष एका लाल श्रेष्ठले विज्ञप्ती जारी गर्दै घटनाको भत्र्सना गरेका हुन् ।

गत बैशाख १३ गते झापाको बुद्धशान्ति गाउँपालिकाको बुधबारे बजारमा आयोजित पार्टी कार्यकर्ता भेलामा केहि अराजक भिडले पार्टी अध्यक्षमाथि गरेको सांघातिक हमलाको दुष्प्रयासको निन्दा गर्दै एमाले मकवानपुरले दोषिमाथि कडा कारबाहीको माग गरेको हो ।

विज्ञप्तीमा भनिएको छ ‘हाम्रो पार्टी नेकपा एमालेका श्रद्धय अध्यक्ष केपीशर्मा ओलीलाई गृह जिल्ला झापाको कार्यक्रममा सहभागि हुने क्रममा मिति २०८० बैशाख १३ गते केहि अराजक समूहले गरेको दुब्र्यबहारको प्रयासको नेकपा एमाले मकवानपुर जिल्ला कमिटि घोर भत्र्सना गर्दछ ।’

समाजमा शान्ति र मेलमिलाप भङ्ग गर्ने नियोजित षड्यन्त्र स्वरुप सत्तापक्षकै कार्यकर्ता समेतको नेतृत्वमा भएको यस घटनाको हाम्रो पार्टी घोर निन्दा र भत्र्सना गर्दै जनजातीको पहिचान स्थापित गर्ने प्रमुख लडाईको मोर्चामा नेकपा एमाले सधै अगाडी रहँदा पनि नियोजित रुपमा केहि अराजक समूहले गरेको यस्ताखाले क्रियाकलापले सामाजिक सद्भाव र एकतालाई कमजोर बनाउने, साम्प्रदायिक विद्वेष फैलाउने र क्रमशः अपराधिकरणतर्फ उन्मुख यस्तो बदनाम आन्दोलनले अन्ततः सिङ्गो आदिवासी जनजाति आन्दोलन र पहिचानको मुद्दालाई नै ध्वस्त पार्ने भन्दै यस्ताखाले अराजकतालाई अन्त्य गर्दै पार्टी अध्यक्षमाथि दुब्र्यबहार गर्न खोज्ने दोषि माथि कडा कारबाहीको माग एमाले मकवानपुरले गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*