एसीसी प्रिमियर कपमा कुबेत र सिंगापुर तथा कतार र मलेसिया भिडदै

जनपत्र
१२ बैशाख २०८०, मंगलवार ०७:४७

एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्।

कीर्तिपुरस्थित खेल मैदानमा कुबेत र सिंगापुर बीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा कतार र मलेसियाका बीचमा प्रतिस्पर्धा हुनेछ।

दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ।

मुलपानी क्रिकेट मैदानमा लगातार वर्षाको कारण खेल हुन नसकेपछि नेपाल र साउदी अरब दुबै टोलीले १ –१ अंक बाँडेका थिए भने पानी परेका कारण हङकङ र बहराइनबीचको खेल रद्द हुन पुगेको थियो ।

उनीहरुले पनि १–१ अंक बाँडेका छन् ।

Image

Image

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*