मनहरीमा अनेमसंघको गाउँ कमिटी गठन

जनपत्र
४ बैशाख २०८०, सोमबार २०:४०

हेटौंडा । मकवानपुरको मनहरीमा नेकपा एमाले निकटको अखिल नेपाल महिला संघ गाउँ कमिटी गठन गरिएको छ । एमालेको मिसन ग्रासरूट कार्यक्रम अन्तरगत मनहरीम अनेमसंघ मनहरी गाउकमिटि गठन गरिएको हो ।

आज भएको भेलाले शारदा पोखरेलको अध्यक्षता मा १९ सदस्य कमिटि गठन गरिएको एमाले मनहरी गाउँपालिका कमिटीका अध्यक्ष नविन सुवेदीले बताउनुभयो । अनेमासंघका केन्द्रीय सदस्य मेनका दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा एमालेका नेताहरु हेमलाल उप्रेति, बिमला कार्कि, किशोर बर्तौला, बिरेन डिसि, नविन सुबेदी, पुस्कर सुबेदी लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*