मकवानपुरगढीमा बृद्ध बृद्धा देखि अन्तरजातिय बिवाह गर्ने सम्मलाई एमालेको सम्मान
हेटौंडा– नेपाल कम्युनिष्ट पार्टी एमाले मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ कमिटीले ७० वर्ष उमेर कटेका बृद्धबृद्धा, पत्रकार देखि अन्तरजातिय विवाह गरेका जोडीहरु सम्मलाई आज सम्मान गरेको छ ।
एमाले वडा कमिटीको मिसन ग्रासरुट अभियान अन्तरगत वडास्तरीय भेला र प्रशिक्षण कार्यक्रमका अवसरमा बषौ देखि एमालेका बिभीन्न कमिटीमा रहेर काम गरेका र अहिले बृद्ध भत्ता लिदै आएका वडा भरीका बृद्धबृद्धाहरु, पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशिल पत्रकार महासंघ मकवानपुरका निबर्तमान अध्यक्ष हरि हुमागाई, निबर्तमान उपाध्यक्ष सरिता दाहाल, कार्यसमितिका सदस्य नविन तिमल्सिना, नेष्नल गोल्ड टेलिभिजनमा कार्यरत अशोक बजगाई, अन्तरजातिय बिवाह गरेका दुइ जोडि समेतलाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य रघुनाथ खुलालले सबैलाई सम्मान गर्नुभयो । कार्यक्रमकै अवसरमा खुलालले बिदुर हुमागाईं गाउँपालिका अध्यक्ष र आफू जिसस प्रमुख हुँदाको प्रशंग निकालेर पैसाले ईमान किन्न खोज्ने एक गिरोहलाई हुमागाईंले ठाउँकोठाउँ भौतिक कारबाही गरेको खुलासा गर्नुभयो ।
एउटा मान्छेले पैसाको बिटा देखाएर इमान किन्न खोज्दा बिदुर जीले ठाउँकोठाउँ प्रतिकार गर्नुभएको थियो । यति इमान्दार नेतालाई गाउँपालिका अध्यक्षमा चुनाव नजिताएर गल्ती भएको बताउनुभयो ।

हुमागाईंको व्यवस्थित विकास योजनासँग स्याङ्तानको कुनै कोणबाट पनि तुलना हुन नसक्ने नेता खुलालको दाबी थियो । जिल्लाका १० स्थानीय तहमध्ये मकवानपुरगढीमा हुमागाईंले गरेको विकास सबैभन्दा व्यवस्थित भएको दाबी गर्नुभयो ।
सामरी खोलामा व्यवस्थित पक्की पुल, फलामे पुल, मोटरेबल पुल, गाउँमै उद्योग, गाउँमै अस्पताल, सडकहरू पक्की बनाउने उनको भिजनबाट र कृषि क्षेत्रमा गरेको कामले विकासमा मकवानपुरगढी एक नम्बर पालिका भएको खुलालले जानकारी दिनुभयो ।
पार्टी ५ नम्बर वडा अध्यक्ष सन्तोष घिमिरेको सभाध्यक्षतामा भएको कार्यक्रममा एमाले बागमती प्रदेश कमिटी सदस्यहरू भोजराज ढकाल, नवराज तिमल्सिना, एमाले जिल्ला सल्लाहकार परिषद्का अध्यक्ष बलराम हुमागाईं, एमाले जिल्ला कमिटीका नेताहरू बिदुर हुमागाईं, मेम्मर लो, हरि कँडेल, एमाले मकवानपुरगढी गाउँपालिकाकाका अध्यक्ष रामजी सापकोटा, उपाध्यक्ष जितबहादुर घिमिरे, रिटनी फ्रिड्रेसन मकवानपुरका सचिब प्रकाश घिमिरे, श्याम ढुंगाना लगायतको आतिथ्यता थियो ।








