बागमतीका दुइ वटा वडामा एमालेको अधिवेशन

जनपत्र
२७ चैत्र २०७९, सोमबार २०:००

हेटौंडा । नेकपा एमालेको मिसन ग्रासरुट अभियान अन्तरगत मकवानपुरको बागमति गाउँपालिकाको वडा नम्बर ३ र ४को वडा अधिवेशन सम्पन्न भएको छ। वडा नम्बर ३ मा भएको अधिबेशनले बाबुलाल गोलेको अध्यक्षतनमा २३ सदस्यीय वडा कमिटी गठन गरेको छ। कमिटीको उपाध्यक्षमा मान बहादुर मुक्तान, सचिबमा जानुका दोङ्ग, उपसचिबमा जित बहादुर भोम्जन र तारा माझी निर्बाचित भएका छन।

यस्तै वडा नम्बर ४ मा भएको अधिबेशनले पदम बहादुर रानाका अध्यक्षतामा एघार सदस्यीय वडा कमिटी गठन गरेको छ। कमिटीको उपाध्यक्षमा दिल बहादुर जिम्बा, सचिबमा शुकराम भ्लोन, उपसचिबमा बुध्द बहादुर माझी र गोपिमाया बिक निरबाचित भएका छन। अधिबेशनमा प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य कमलजंग राईले नेकपा एमालेको बिरुद्धमा भईरहेको चौतर्फि घेराबन्दी लाई परास्त गर्न तल्लो तहदेखिनै एमाले बलियो हुनुपर्ने बताउनु भएको थियो ।

अधिबेशनमा एमाले बागमति प्रदेश कमिटी सदस्य देबराज रिमाल, दिल बहादुर घिसिङ, छिरिङ दोर्जे लामा एमाले मकवानपुरका जिल्ला सचिवालय सदस्य जय बहादुर वाईवा, शर्मिला बिक,जिल्ला सदस्य राजकुमार तिमल्सिना बागमति पालिका अध्यक्ष चन्द्र बहादुर राई लगायतकाको सहभागिता रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*