बागमती प्रदेशमा आजै मन्त्रिपरिषद् बिस्तार गरेर साँझ सपथ खुवाइदै

जनपत्र
२६ चैत्र २०७९, आईतवार १७:३४

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज मन्त्रिपरिषद् विस्तार गर्न लाग्नु भएको छ । दुइ जना मन्त्रीलाई आज साँझनै सपथ खुवाउने तयारी भएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहनु भएका बहादुर सिंह लामाको नेतृत्वमा कांग्रेस प्रदेश सरकारमा जाने भएको हो ।

बहादुर सिंह लामा आर्थिक मामिला तथा योजना मन्त्री र काभ्रेका कांग्रेस सांसद तिर्थ लामा खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रीका रुपमा नियुक्त गरेर आजै सपथग्रहण गराउन लाग्नु भएको हो । प्रदेशसभामा सपथग्रहणको तयारी भइरहेको बताइएको छ ।

अरु बाँकी मन्त्रीको सल्लाह पनि गर्दै गर्ने र आज भने आफु सहित दुइ जना सरकारमा जाने कांग्रेस संसदीय दलका नेता लामाले बताउनुभयो । एकिकृत समाजबादीका तर्फबाट पनि आज मन्त्री बनाउने तयारी भएपनि उसको पार्टीबाट मन्त्री बन्नेको नाम अहिले सम्म प्राप्त नभएको उहाँले बताउनुभयो । दुइ जना मन्त्रीहरुको सपथग्रहण आज साँझ पौने ७ बजे गर्ने तयारी गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*