मकवानपुरको राइगाउँमा एमालेको भेला, बैचारिक र सांगठनिक रुपमा हामी बलियो छौं–केन्द्रीय सदस्य राइ

जनपत्र
२६ चैत्र २०७९, आईतवार ०७:४३

हेटौंडा । नेकपा एमालेका केन्द्रीय सदस्य कमलजंग राई दनुवारले बैचारिक र सांगठनिक रुपमा बलियो पार्टी बनाउनुनै एमालेले अहिले सन्चालन गरिरहेको मिशन ग्रासरुटको उदेस्य रहेको बताउनुभएको छ । केन्द्रीय सदस्य राईले मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–१ र २ मा आयोजित भेलामा बोल्दै उहाँले यस्तो कुरा बताउनु भएको हो ।

कार्यक्रममा एमाले बागमति प्रदेश कमिटी सदस्य देबराज रिमाल, दिल बहादुर घिसिङ, छिरिङ दोर्जे पाख्रिन जिल्ला सदस्य कमल राई, धनमांयां स्याङतान पुर्ब जिल्ला सदस्य भिम बहादुर राई र उत्तम पौडेल लगायतकाको आतिथ्यता रहेको थियो।

वडा नम्बर–१ को अधिवेशनले कविराज राईको अध्यक्षतामा नौं सदस्यीय वडा कमिटी गठन गरेको छ कमिटीको उपाध्यक्षमा सुरेन्द्र राई,सचिवमा लोक बहादुर गोले, उप सचिबमा लक्ष्मण राई र करुणा घिसिङलाई निर्बाचित गरेको छ । यसैगरी बागमती गाउँपालिका वडा नम्बर–२ मा भने माइला मुक्तानको अध्यक्षतामा १३ सदस्य कार्यसमिति चयन गरिएको छ । उपाध्यक्षमा टिकाजंङ कुस्वाहा, सचिबमा कमल राई, उपसचिबमा टोपेन्द्र कुमार राई, महिला उपसचिबमा वनमायाँ पहरी लगायतका चयन हुनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*