मनहरीमा एमालेको मिसन ग्रासरूट अभियान अन्तरगत बिबीध कार्यक्रम

जनपत्र
२२ चैत्र २०७९, बुधबार १७:५५

हेटौंडा । नेकपा एमाले मनहरी गाउँपालिका कमिटीको आयोजनामा मिसन ग्रासरुट कार्यक्रम अन्तरगत बिबीध कार्यक्रम गरिएको छ । यसै कार्यक्रम अन्तरगत राष्ट्रिय युवा संघ मनहरीको अधिबेशन, खेलकुद महासंघ मनहरीको अधिवशन, रिटनी फेडेरेसन मनहरी अधिबेशन, एमाले मनहरी वाड नंम्बर–७ पु्र्नगठन, मनहरी वडा नंम्बर– ७ मा अनेमसंघ गठन, पार्टि पुराना तथा सम्पर्क सुत्र नेताहरुश्रको सम्मान, निर्मल बहुमुखी र मनहरी क्याम्पस मा निर्वाचितहरूलाई सम्मान कार्यक्रम गरिएको छ । सबै कार्यक्रम नेकपा एमालेका बागमती प्रदेश कमिटीका उपसचिब तथा एमालेका सचेतक महेश कुमार बर्तौलाको प्रमुख आतिथ्यतामा भएको हो ।

राष्ट्रिय युवा संघमा दिपक तामाङ को अध्यक्षता मा १७ सदस्य कमिटी गठन, खेलकुद महासंघ लवाङ दोर्जे लामाको अध्यक्षता २१ सदस्यता कमिटी गठन, रिटनी फेडेरेसनमा मिननाथ अर्जेलको अध्यक्षतामा १७ सदस्य कमिटी गठन, वडा नम्बर– ७ गोम्बे लामा को अध्यक्षतामा २९ सदस्यता गठन, भगवति लामाको अध्यक्षता मा १७ सदस्य अनेमसंघ वडा नंम्बर ७ गठन गरिएको छ ।

कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य एकराज उप्रेती, खेलकुद महासंघका महासचिब धरम लामा, प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष तथा युवासंघका नेता सन्तोष चौलागाई, एमालेका नेताहरु हेमलाल उप्रेति, आरति पाठक, बिरेन डिसि, नविन सुबेदी लगायतकाले मन्तव्य ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा नेकपा एमालेका पुराना तथा सम्पर्क सुत्रका नेताहरू ३० जनालाई सम्मान गरिएको छ । यसैगरी स्ववियुमा निर्मल र मनहरि क्याम्पसमा निर्वाचितहरू लाई पनि सम्ममान गरिएको एमाले मनहरीका अध्यक्ष नविन सुवेदीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*