एमाले सचेतक महेश बर्तौलाको नियमापत्तिपछि कांग्रेस उपसभापतिले मागे क्षमा

जनपत्र
१२ चैत्र २०७९, आईतवार १६:४६

काठमाडौँ — प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद बलराम अधिकारी विशेष समयमा आफ्ना धारणा राखिरहेका थिए । सांसद अधिकारीले आफ्ना कुरा राखिरहेका बेला सत्तारुढ कांग्रेसका उपसभापति तथा सांसद पूर्णबहादुर खड्का बैठक हलमा प्रवेश गरेका थिए । सांसद खड्का अर्को सांसद अधिकारी बोलिरहेका बेला अगाडिबाट आफ्नो सिटमा गएर बसेका थिए ।

प्रतिनिधिसभा नियमावलीमा कुनै सांसद बोलिरहेको बेला अगाडिबाट हिँड्न नहुने प्रावधान छ । सभामुख र बोलिरहेको सांसदको बीचबाट हिँड्न नहुने नियमावलीको नियम खड्काबाट उल्लंघन भएको थियो । सांसद अधिकारीले बोलिसकेपछि एमालेका सचेतक महेश बर्तौलाले नियमापत्ति जनाए । उनले भविष्यमा अरु सांसदहरूलाई पनि काम लाग्ने तर्क गर्दै खड्काको सन्दर्भमा भने, पटक-पटक हाउसमा एउटा मर्यादाविपरीत काम भइरहेको छ । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २० ९६० बमोजिम सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न कोही पनि सदस्यलाई अनुमति हुँदैन । पटक(पटक यो सदनको गरिमा र मर्यादालाई धज्जी उडाउँदै यसप्रकारको काम भइरहेको छ । सत्तापक्षको माननीयहरूबाट यस प्रकारको काम भइरहेको छ ।

नियमावलीको उक्त व्यवस्था कडाइका साथ पालना गराउन सचेतक बर्तौलाले सभामुखको ध्यानाकर्षण गराए । सभामुख देवराज घिमिरेले नियमापत्तिको विषयमा ध्यान दिन सांसदहरूलाई आग्रह गर्दै भने, माननीय सदस्यहरू, उठेका कुराहरूलाई उचित ढंगबाट ध्यान पुर्‍याउँ ।

एमाले सचेतक बर्तौलाको नियमापत्तिका आधारमा सभामुख घिमिरेबाट ध्यानाकर्षण भएपछि कांग्रेसका उपसभापति खड्काले आफूबाट नियम मिचिएको स्वीकार्दै क्षमा मागेका थिए । उनले भने, ुअनदेखाको कारणले माननीयले उल्लेख गर्नुभएअनुसार मैले नियमावलीको त्यो दफालाई उल्लंघन गरेँ, त्यसका लागि म क्षमा माग्न चाहन्छु ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*