घेराबन्दीलाई एकजुट भएर सामना गरौ– एमाले नेता अधिकारी

जनपत्र
११ चैत्र २०७९, शनिबार १९:०९

हेटौँडा । नेकपा एमालेप्रति देशीविदेशी प्रतिक्रियावादीको घेराबन्दीमा रहेकोले कार्यकर्ता पंक्ति एकजुट भएर सामना गर्नुपर्ने नेकपा एमाले केन्द्रीय स्थाई कमिटीका सदस्य तथा बाग्मती प्रदेश कमिटी ईञ्चार्ज काशिनाथ अधिकारीले बताउनु भएको छ ।

नेकपा एमाले, मकवानपुरको पार्टी केन्द्रद्वारा सञ्चालित मिसन ग्रासरूट, पार्टी संगठन तथा सुदृढीकरण अभियान(२०७९ को समीक्षा बैठकमा उहाँले बलियो संगठन र जनताको समर्थनमा सबै एमालेप्रतिका षडयन्त्रलाई चिर्दै राष्ट्र र जनताको हितमा दृढ भएर नेकपा एमाले उभिने बताउनु भयो । अबको हरेक निर्वाचन र प्रतिस्पर्धामा पहिलो र बहुमतमा आउनको लागि अभियान सञ्चालन गरेको प्रष्ट पार्नुभयो ।

अभियानले पार्टी पंक्तिलाई जिल्लाव्यापी चलायमान गरेको, पार्टीको जिल्ला, पालिका र विशेष ईलाका कमिटी, वडा कमिटी र जनसंगठनको जिल्ला कमिटीको वैठक बस्ने, अभियानसम्बन्धि योजना बनाउने, अवधि पुगेका कमिटीको अधिवेशन र पुनरगठन भईरहेको, पार्टी सदस्यता नवीकरण , नयाँ पार्टी सदस्यता विस्तार कार्य सञ्चालन भईरहेको, तहगत संगठन र कार्यकर्ताबीचका अन्तरविरोधहरू न्यूनीकरण भएको, नेता र कार्यकर्ता, कार्यकर्ता र जनताबीचको सम्बन्ध सुदृढ भएको, पार्टी संगठनलाई बलियो र व्यवस्थित बनाउन बल पुगेको बैठकले निष्कर्ष निकालेको जिल्ला कमिटीका सचिव नवीन सिग्देलले बताउनु भयो ।

पार्टी केन्द्रद्वारा सञ्चालित मिसन ग्रासरूट, पार्टी संगठन सुदृढीकरण तथा विस्तार अभियान(२०७९ बैठकमा अभियानका केन्द्रीय प्रतिनिधिहरू देवि ज्ञावली मनहरीमा, राक्सिराङ्ग, कैलाश र पेशागत ईलाका, पार्वत गुरूङ्ग हेटौँडा उपमहानगरपालिका, खेम लोहानी ईन्द्रसरोवर र थाहा, बालिका गिरी मकवानपुरगढी र भीमफेदी, कमलजंग राई (बकैया र बाग्मती), प्रदेश कमिटीका सदस्यहरू, पालिका ईन्चार्ज तथा अध्यक्षहरूले बैठकमा समीक्षात्मक रिपोर्टिङ्ग जिल्ला सचिव सिग्देलले बताउनु भयो ।

नेकपा एमालेका जिल्ला कमिटी मकवानपुरका तथा निवर्तमान मन्त्री अध्यक्ष एकालाल श्रेष्ठको सभाध्यक्षतामा बसेको बैठकमा केन्द्रीय कमिटी सदस्य जुनेली श्रेष्ठ, केन्द्रीय सल्लाहकार परिषद् सदस्य डोरमणि पौडेल तथा बाग्मती प्रदेश कमिटीका अध्यक्ष केशव पाण्डेलगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*