बागमती प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्मकट्लले विश्वासको मत लिदै, एमाले सरकारबाट बाहिरिने

चैत ८ गतेका लागि बोलाइएको प्रदेशसभा बैठकमा कांग्रेसका सांसदहरु मुख्यमन्त्रीलाई विश्वासको मत दिनका लागि हेटौंडा नआएपछी स्थगित भएको थियो । आजको बैठकमा भने कांग्रेसले विश्वासको मत दिने भएको छ ।
जनपत्र
१० चैत्र २०७९, शुक्रबार ०७:३३

हेटौंडा । आज दिउसो १ बजेका लागि बोलाइएको बागमती प्रदेशसभा बैठकमा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्लले विश्वासको मत लिने हुनु भएको छ । मुख्यमन्त्रीले विश्वासको मत लिने दिनमै आज नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेशसभाको बैठकमा संबोधन गरेर सरकारबाट बाहिरिने तयारी गर्नु भएको छ । बागमती प्रदेशमा एमालेका चार जना मन्त्री छन् । सबैजनाले सरकार छोड्ने र त्यही स्थानमा नेपाली कांग्रेस रहने छ ।

यसअघि चैत ८ गतेका लागि बोलाइएको प्रदेशसभा बैठकमा कांग्रेसका सांसदहरु मुख्यमन्त्रीलाई विश्वासको मत दिनका लागि हेटौंडा नआएपछी स्थगित भएको थियो । आजको बैठकमा भने कांग्रेसले विश्वासको मत दिने भएको छ । बैठकमा बिश्वासको मत दिने सबै तयारी गरिएको नेपाली कांग्रेसका संसदीय दलका नेता बहादुर सिंह लामाले वताउनुभयो । प्रदेशस सरकारबाट एमाले बाहिरीएपछी मात्र सरकारमा जाने अनी विश्वासको मत पनि मुख्यमन्त्रीलाई दिने तयारी भएको लामाले वताउनुभयो ।

यसअघि सत्ता साझेदारीका विषयमा असन्तुष्ट कांग्रेस सांसदहरुले बैठकमा उपस्थित नभए पछि शुक्रबारका लागि बैठक सारिएको थियो । बुधबारकै दिन काठमाडौंमा बसेको बागमती प्रदेश कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिने निर्णय गरेको थियो । अब बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिने तयारी गर्नु भएको छ ।

तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । प्रदेशमा पुस २६ मा मन्त्रिपरिषद् गठन हुँदा एमाले, माओवादी केन्द्र र राप्रपाबिच बनेको समीकरण राष्ट्रपतिको निर्वाचनसँगै भत्किएपछि राप्रपाले गत फागुन १३ गते शनिबार सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो ।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र मुख्यमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । जस अनुसार मुख्यमन्त्री जम्कट्टेलले चैत १३ गतेसम्ममा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । यसअघि मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाएका थिए । उनलाई ६ दलका १०५ जना सांसदले विश्वासको मत दिएका थिए। गत पुस २५ गते ५ दलका ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेललाई नेमकिपाका ३ जना सांसदले भने विश्वासको मत दिएका थिएनन्।

११० जना सांसद रहेको प्रदेशसभामा सामान्य बहुमतका लागि कम्तीमा ५६ जना सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशमा सबैभन्दा ठूलो दल कांग्रेसका ३६, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १२, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन्। मुख्यमन्त्री जम्कट्टेललाई सत्ता गठबन्धनका ३ वटा दलका ६७ सांसदको समर्थन प्राप्त हुने देखिन्छ। कांग्रेसका ३७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसदको समर्थन पाउने देखिन्छ । राप्रपाका १३, नेमकिपाका ३ र एमालेका २७ जना सांसद मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा रहने देखिन्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*