प्रदेशसभा बैठकमा कांग्रेसका सांसद नआएपछी मुख्यमन्त्रीले विश्वासको मत पाएनन्, एमालेले सरकार छोडेन

जनपत्र
८ चैत्र २०७९, बुधबार १५:५४

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिनेगरी आज दिउसो ३ बजेका लागि प्रदेशसभाको बैठक बोलाइए पनि बागमती प्रदेशसभा बैठकमा कांग्रेसका सांसद नआएपछी मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत पाएनन् ।

अब फेरी यही चैत १० गते बिश्वासको मत लिने तयारी पनि गरिएको छ । कांग्रेस र माओबादीको हानाथापका कारण सरकारबाट राजिनामा दिने तयारी गरेको नेकपा एमालेले पनि आज राजिनामा दिएन । प्रदेशसभा बैठकमा सहभागि भएर संसदीय दलका नेत जगन्नथा थपलियाले संबोधनकै क्रममा राजिानाको घोषणा गर्ने र पछी पत्र मुख्यमन्त्रीलाई बुझाउने तयारी गरिएको थियो । यता एमालेले राजिनामा नदिए सम्म कांग्रेस सरकारमा सहभागि नहुने वताइरहेको छ ।

नेपाली कांग्रेस पार्टीभित्रको विवादपछी आज मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिने औपचारिक कार्यक्रम समेत स्थगित समेत भएको हो । हेटौंडामा प्रदेशसभा बैठकका लागि बोलाइएको समयमा नै काठमाण्डौंमा नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको थियो । मुख्यमन्त्रीलाई बिश्वासको मत दिने भएपनि समय अपुग भएकाले हेटौंडामा प्रदेशसभा बैठकमा आउन नसकिएको कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले वताए ।

कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले नेतृत्वमा आलोपालोको सहमति नभएकाले आफूहरु अनुपस्थित भएको बताका छन् । कुनैपनि सहमती बेगर मुख्यमन्त्रीले विश्वासकको मत प्राप्त गर्दा पाँच वर्षनै प्रदेश सरकारको नेतृत्व गर्न पाउने दाउमा जम्मकट्टेल रहेका छन् ।

‘दलका नेता लामाले मुख्यमन्त्री कट्टेललाई विश्वासको मत दिन कुनै दुविधा नभए पनि प्रदेश सरकारहरूको नेतृत्वको बारेमा सहमति नभएकाले स्थगित गर्नुपरेको बताए। उनले नयाँ समीकरणमा केन्द्रबाट कुन प्रदेश कसको भागमा पर्छ सोही अनुसार अगाडि बढ्ने बताए। नेता लामाले आज काठमाडौंमा आफूहरूबीच प्रदेश सरकारको नेतृत्व कसले पहिला गर्ने भन्नेबारे छलफल गरेको बताए।

यसअघि मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाउनु भएको थियो । उहाँलाई ६ दलका १०५ जना सांसदले विश्वासको मत दिएका थिए। गत पुस २५ गते ५ दलका ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेललाई नेमकिपाका ३ जना सांसदले भने विश्वासको मत दिएका थिएनन्।

११० जना सांसद रहेको प्रदेशसभामा सामान्य बहुमतका लागि कम्तीमा ५६ जना सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशमा सबैभन्दा ठूलो दल कांग्रेसका ३६, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १२, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन्। मुख्यमन्त्री जम्कट्टेललाई सत्ता गठबन्धनका ३ वटा दलका ६७ सांसदको समर्थन प्राप्त हुने देखिन्छ। कांग्रेसका ३७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसदको समर्थन पाउने देखिन्छ । राप्रपाका १३, नेमकिपाका ३ र एमालेका २७ जना सांसद मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा रहने देखिन्छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*