मकवानपुर क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तीकारीका लामा विजयी, हेटौंडा क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी

जनपत्र
६ चैत्र २०७९, सोमबार ०७:३५

हेटौंडा । मकवानपुर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापतिमा अखिल क्रान्तिकारीका छोइसाङ लामा विजयी भएका छन् ।

सोमबार बिहान सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार लामा ८ सय १३ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुका नवराज शर्माले ६ सय ८२ मत प्राप्त गरे ।

यसैगरी स्ववियु सचिवमा क्रान्तिकारीका वर्षाद घिमिरे, कोषाध्यक्षमा अनेरास्ववियुको हिमानी कुमारी सुवेदी निर्वाचित भएका छन् । सदस्यहरुमा अनेरास्ववियुबाट प्रसिद्ध रेग्मी, प्रशन श्रेष्ठ, कुशल पराजुली, दिपेश कार्की र झरना थिङ निर्वाचित भएका छन् भने क्रान्तिकारीबाट नारायण पुडासैनी, सुजन सिलवाल, राहुल डिम्डुङ निर्वाचित भएका छन् ।

यसैगरी हेटौंडा क्याम्पसमा अनेरास्ववियु–अनेरास्ववियू–विप्लव नेतृत्वको अनेरास्ववियु क्रान्तिकारीको गठबन्धनको प्यानलै विजयी भएको छ । हेटौंडा क्याम्पसको स्ववियू सभापतिमा एमाले निकटको अनेरास्ववियुका अभि मैनालीको प्यानलै विजयी भएको हो।

खसेको कुल ४७७ मतमा मैनालीले २९० मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्दी नेविसंघ, अखिल क्रान्तिकारी र राप्रविसंका साँझा उम्मेदवार नेविसंघका राजिब फुयालले १८५ मत प्राप्त गरे ।

सचिवमा अनेरास्ववियु प्यानलबाटै अन्जान खड्का २७२ मत सहित विजयी भएका छन् । उनका निकट्तम् प्रतिद्वन्दी नेविसंघका युवराज विकले १९४ मत प्राप्त गरे । त्यस्तै कोषध्यक्षमा अनेरास्ववियुकै अविना थापा २७० मत सहित विजयी भइन् । उनकी निकट्तम् प्रतिद्वन्दीले ज्योती पुडासैनीले १९६ मत प्राप्त गरिन् ।

त्यसैगरी सदस्यमा अनेरास्ववियुका तिलक बहादुर पाख्रीन, गणेश तिमल्सिना, नविन कुमार चौधरी, भरतमोहन देबकोटा र रन्जिता फुँयाल विजयी भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*