स्वतन्त्र विद्यार्थी युनियन चुनाबः मकवानपुरका कुन् क्याम्पसमा को बिजयी ?

जनपत्र
५ चैत्र २०७९, आईतवार १९:२३

हेटौंडा । मकवानपुरका बिभीन्न क्याम्पसहरुमा भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनाबको मत परिणाम धमाधम आइरहेको छ । थोरै बिद्यार्थी भएका क्याम्पसहरुमा चुनावी मतपरिणाम आएको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ मा रहेको बंश गोपाल बहुमुखी क्याम्पस, हटियाको जनप्रिय बहुमुखी क्याम्पस, निर्मल बहुमुखी क्याम्पस, मनहरी बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको मतगणनाको नजिजा आएको हो ।

बिजयी भएका क्याम्पसहरुमा अनेरास्ववियुको प्यानल विजयी भएका छन् । हटियाको जनप्रिय बहुमुखी क्याम्पसमा स्वतन्त्र बिद्यार्थी युनियनको चुनाबमा अनेरास्ववियुहरुको प्यानलबाट पुरै छात्राहरुको कार्यसमिति निर्वाचित भएको क्याम्पस व्यावस्थापन समितिका अध्यक्ष मदन कुमार दाहालले वताउनुभयो ।
जनप्रिय बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा मुना गोले निर्वाचित हुनु भएको छ । आइतबार सम्पन्न निर्वाचनबाट मुना गोलेको प्यानलै विजयी भएको हो । स्ववियु सचिवमा पुष्पा वास्तोला, कोषाध्यक्षमा नमुना पोखरेल, सदस्यमा मेनुका दहाल, पवित्रा अधिकारी र विनिता तिमल्सिना निर्वाचित हुनुभएको छ ।

त्यस्तै हेटौंडा–१९ को निर्मल बहुमुखी क्यासपमा सरोज अर्याल नेतृत्वको अनेरास्ववियु, अनेरास्ववियू र अखिल क्रान्तिकारी विप्लवबीचको संयुक्त प्यानल विजयी भएको छ । अर्यालले १३२ मत प्राप्त गर्दा नेविसंघ, अखिल क्रान्तिकारी र राप्रविसंका जय बहादुर रोक्काले ५२ मत प्राप्त गरे ।

यसैगरी स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तर्गत जिल्लाको हेटौंडा–६ स्थित वंशगोपाल बहुमुखी क्याम्पसको अध्यक्षमा अनेरास्ववियूका दिवस सिल्वालको प्यानलनै विजयी भएको छ । निर्वाचनको अन्तिम मतरिणाम अनुसार सिल्वालको प्यानलनै निर्वाचित भएको हो । अनेरास्ववियू सिल्वाल १८ मत सहित निर्वाचित हुनुभयो । उहाँका निकटतम् प्रतिस्पर्धी राप्रपा निकट राप्रविसंकी मनिका गौतमले ९ मत प्राप्त गर्नुभयो ।

यसैगरी मकवानपुरको मनहरी गाउँपालिकास्थित मनहरी बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा स्ववियु अध्यक्षमा कुमार घिसिङ विजयी हुनु भएको छ । निर्वाचनमा २९ मतसहित कुमार घिसिङ विजयी हुनुभयो । अध्यक्षका अर्का आकांक्षी नेपाल विद्यार्थी संघका किशोर लम्सालले २७ मत प्राप्त गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*