हेटौंडामा एमाले सचिब विष्टको उद्घोष–‘अहिलेको सत्ता समिकरण धेरै टिक्दैन’
हेटौंडा । नेकपा एमालेका सचिब गोकर्ण विष्टले अहिलेको सत्ता समिकरण धेरै नटिक्ने दावि गर्नु भएको छ । प्रेस चौतारी नेपाल मकवानपुर साखाले आज हेटौंडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले नेकपा एमाले भन्दा बाहेकको सत्ता समिकरण लामो समय सम्म नटिक्ने वताउनुभयो ।
एमालेलाई कमजोर बनाउनका लागि कसैले अराएको र सिकाएको आधारमा मात्र यो नेकपा माओबादी केन्द्र, नेपाली कांग्रेस लगायतका पार्टीको सत्ता समिकरण बनेको दावि गर्नुभयो ।
राष्ट्रपति र उपराष्ट्रपति चुनावबाट एमाले नअतालिएको उहाँले वताउनुभयो । अब एमालेले जनताका मुद्धा संसद भित्र र संसद बाहिरबाट उठाउने वताउनुभयो । प्रदेश सरकारको समिकरण सक्ती सन्तुलन अनुसार हुने एमालेका सचिब विष्टले वताउनुभयो ।
देश भित्र र बाहिर रहेका स्वार्थ केन्द्रीत समुहका लागि अस्थिरता निम्त्याउने काम भइरहेको उहाँले वताउनुभयो । सरकारले मलमा मुल्यबृद्धी गरेर किसानलाई आघात गरेको वताउनुभयो । किसानको उत्पादनलाई लागत बढाएर परनिर्भर बनाउन खोजेको उहाँले वताउनुभयो । अहिलेको सरकार सिमीत व्यक्तीको स्वार्थका लागि लागिपरेको उहाँको आरोप छ ।
कार्यक्रममा नकपा एमालेका केन्द्रीय सदस्य देवि ज्ञवाली, एमालेका बागमती प्रदेश कमिटीका सदस्य श्रीधर पोख्रेल, एमाले मकवानपुरका उपाध्यक्ष लालबहादुर थापा, सचिब नविन सिग्देल लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रम प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको हो ।