नवनिर्वाचित राष्ट्रपति पाैडेललाई सभामुख घिमिरेकाे बधाई

काठमाण्डाै – सभामुख देवराज घिमिरेले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई आज बिहान उहाँकै निवासमा पुगेर बधाई दिनुभएकाे छ ।
देशको राष्ट्राध्यक्षमा निर्वाचित भएकामा पौडेललाई सफल कार्यकालका लागि सभामुख घिमिरेले शुभकामनाकासाथ बधाई ज्ञापन गर्नुभएको हो । नौ दलीय गठबन्धनको साझा उम्मेदवारका रूपमा नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल बिहीवार हिजाे भएको चुनावमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।
सभामुख घिमिरेले बहराइनमा शनिवारदेखि हुने अन्तर व्यवस्थापिका सङ्घको एक सय ४६औँ बैठकमा भाग लिन आफू आज त्यसतर्फ जान लागेको पनि त्यस अवसरमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई जानकारी गराउनुभयो । बैठकमा जाने कार्यक्रम यसअघि नै निर्धारण भइसकेकाले नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ कार्यक्रममा सहभागी हुन नपाउने ब्यहोरासमेत सभामुख घिमिरेले जानकारी गराउनुभएको उहाँका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभयो