प्रदेश ३ सरकारलाई ४९ वटा स्थानीय तहले राजस्व बुझाएनन्

स्थानीय तहले ढुंङ्गा, गिट्टी, वालुवा, बिज्ञापन र मनोरंजन कर संकलन गरेर ४० प्रतिशत रकम प्रदेश सरकारलाई बुझाउनुपर्ने कानुनी व्यावस्थाको उलंघन गरेका हुन् ।
जनपत्र
९ श्रावण २०७६, बिहीबार ०६:२७

हेटौंडा । प्रदेश नम्बर ३ का ४९ वटा स्थानीय तहले प्रदेश सरकारलाई बुझाउनुपर्ने कुनैपनि राजस्व रकम बितेको आर्थिक वर्षमा बुझाएका छैनन् । स्थानीय तहले आर्थिक वर्ष २०७५–०७६ मा संकलन गरेर बुझाउनुपर्ने राजस्व रकम आर्थिक वर्षको अन्तिम दिन सम्म पनि नबुझाएका हुन् ।

स्थानीय तहले ढुंङ्गा, गिट्टी, वालुवा, बिज्ञापन र मनोरंजन कर संकलन गरेर ६० प्रतिशत आफैले राख्ने र ४० प्रतिशत रकम प्रदेश सरकारलाई दिनुपर्ने कानुनी व्यावस्था छ । तर, त्यसको अटेर गर्दै प्रदेशका एक सय १९ वटा स्थानीय तह मध्यमा ४९ वटा स्थानीय तहले राजस्व रकम नबुझाएका हुन् । प्रदेश सरकारले राजस्व रकम दाखिला गर्नका लागि ताकेता गर्दा पनि त्यसको कुनै सुनुवाइ नगरिकन राजस्व रकम नबुझाएका हुन् ।

प्रदेशका ५२ वटा स्थानीय तहले मात्र भने ढुंङ्गा, गिट्टी, वालुवा, बिज्ञापन र मनोरंजन कर संकलन गरेर बुझाएको प्रदेश लेखा नियन्त्रक कार्यालय प्रदेश ३ का प्रमुख हरिप्रसाद उपाध्यायले जानकारी दिनुभयो । प्रदेशका १८ वटा स्थानीय तहले भने प्रदेशलाई बुझाउनुपर्ने ढुंङ्गा, गिट्टी, वालुवा, बिज्ञापन र मनोरंजन कर संकलन संकलननै गरेका छैनन् । उनीहरुले कर संकलन गर्ने आफ्नो क्षेत्र नभएको भनेर प्रदेश सरकारलाई जानकारी गराएको उपाध्यायले बताउनुभयो । ५२ वटा स्थानीय तहले ढुंङ्गा, गिट्टी वापतको ५२ करोड रुपैयाँ राजस्व रकम बुझाएका छन् ।

केही स्थानीय तहले प्रदेश सरकारलाई बाँडफाँड गर्ने राजस्व नबुझाएपनि बितेको आर्थिक वर्षमा अपेक्षा गरिए अुनसार आन्तरिक राजस्वय संकलन गरेको छ । तर, स्थानीय तहले राजस्व संकलन गरेपनि कुन तरिकाले कसरी पठाउने भन्ने दुबिधाका कारण समस्या भएको गुनासो गरेका छन् । प्रदेश सरकारले यातायात, मालपोत, ढुंङ्गा, गिट्टी, वालुवा, बिज्ञापन र मनोरंजन कर वापतको राजस्व रकम संकलन गर्न पाउने कानुनी व्यावस्था छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*