सरकारले करछली नियन्त्रण गर्न खोज्दा हेटौंडा बजार बन्द

उद्योग बाणिज्यसंघले गरेको बजार बन्दको कपडा व्यावसायीको बिरोध
जनपत्र
७ श्रावण २०७६, मंगलवार ०९:०८

हेटौंडा । नेपाल सरकारले व्यापार व्यावसायलाई पूर्ण रुपमा करको दायरामा ल्याउन लाग्दा हेटौंडामा यसको बिरोध गरिएको छ । मकवानपुर उद्योग बाणिज्यसंघको आयोजना आज बिहानैबाट हेटौंडा बजार बन्द गरिएको छ । सरकारले साउन १ गतेबाट लागु गरेको ‘भेइकल एन्ड कन्साइनमेन्ट ट्र्या्किङ सिस्टम’ भिसिटिएसको विरोधमा आज हेटौँडा बजार बन्द गरेको हो । बजार बन्द गर्दा उपभोक्ताहरु भने मारमा परेका छन् । सामान खरिद गर्नका लागि मकवानपुरको गाउँ गाउँ र हेटौंडाका बिभीन्न स्थानबाट आएका उपभोक्ताहरु रित्तोहात घरफर्कनुपरेको छ ।

यो सिस्टम लागू गर्दा कुनैपनि व्यापार व्यावसायमा करछलीको समस्या हुँदैन । तर, बषौ अघिदेखि सरकारलाई कर छली गर्दै आएका व्यासायीहरुले यसको बिरोध गरेका छन् । सरकारको साउन १ गतेदेखिको यो निणयले उद्योग व्यावसायमा काम गर्ने मजदुरले प्यान नम्बर लिनै पर्ने, साना देखि ठुला व्यावसायीहरु यसको मारमा पर्ने भएकाले बजार बन्द सम्मको बिरोधमा उत्रनुपरेको मकवापनुर उद्योग बाणिज्यसंघका अध्यक्ष कृष्ण कटुवालले बताउनुभयो । सरकारले साउन १ गते देखि लागू गरेको सिस्टममा जानै पर्ने यसलाई कार्यान्वयन नगरेमा कार्बाहीमा परिने भएपछी बजार बन्द गरिएको अध्यक्ष कटुवालले बताउनुभयो । एक दिन पुरै बजार बन्द गरिएको उहाँले बताउनुभयो ।

यता कपडा तथा तयारी पोसाक व्यावसायी संघ मकवापनुरले भने बजार बन्दको पूर्ण रुपमा बिरोध गरेको छ । अहिले सरकारले ल्याएको सिस्टमका बिषयमा छलफल गर्नका लागि कार्यदल बनिसकेको अवस्थामा तत्काल बजार बन्द गर्नु नाजायज भएको कपडा तथा तयारी पोसाक व्यावसायी संघ मकवानपुरका महासचिव  तेजराज अधिकारीले बताउनुभयो ।  बजार बन्द गर्नुभन्दा पहिलेनै आफुहरुले बिरोध गरिएको उहाँको भनाई छ ।

सरकारले साउन १ गतेबाट ल्याएको सिस्टमका कारण एउटै बिलबाट ब्यापारीले धेरैपटक सामान ओसार्न नपाउने, सबैले करको दायरामा आउनैपर्ने, साना व्यावसायी देखि ठुला व्यावसायीहरुलाई यो नियमले झनै सजिलो बनाएको उहाँले बताउनुभयो । मकवानपुर उद्योग वाणिज्य संघले साउन ६ गते हेटौँडाका ब्यवसायीहरुको भेला गरेर आज बजार बन्द गर्ने वातावरण तयार गरेको हो । मकवानपुर उद्योग वाणीज्य संघले सरकारले लागु गरेको (भिसिटिएस) ले साना ब्यवसायीहरु मारमा परेको भन्दै आज सरकारलाई दवाव दिनको लागि बजार बन्द गर्नु परेको बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*