कान्तिलोकपथ सडकको कन्तबिजोक (फोटो फिचर)

जनपत्र
२ श्रावण २०७६, बिहीबार ०९:५३

हेटौंडा–काठमाण्डौ जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको १५ दिन बितीसकेको छ । सडक अवरुद्ध हुँदा यस सडक भएर चल्ने केही सार्बजनिक तथा निजी सवारीका साधन पनि चल्न पाएकाछैनन् । कान्तिलोकपथको ठाउँ ठाउँमा पहिरोले सडक अवरुद्ध गरेको छ ।
बनाईसकेका धेरै सडक तत्काल मर्मत गरेर चलिहाल्ने अवस्थामा नरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्ले बताउनुभयो ।

कान्तिलोकपथ सडक नयाँ ट्रयाक खोलीएका स्थान, पुरानै संरचना क्षेत्र र पिच गरसकेका स्थानमा पनि अवरुद्ध भएको छ । केही दिन अघि परेको अबिरल वर्षाका कारण अबरुद्ध कान्तिलोक पथ अझै खुल्न सकेको छैन । कान्तिलोकपथको अधिकांश भाग पहिरोले पुरेको, बगाएको र चिराचिरा परेको छ । हेर्नुहोस कान्तिलोक पथ अन्तरगत जीतपुर भञ्जयाङदेखि ठिंगनसम्मको सडकको केही दृश्यहरु ।



तस्बिर रुपेन घलेको फेसबुकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*