हेटौंडा–काठमाण्डौं छोटो दुरीको मार्ग अझै अवरुद्ध

हेटौंडा । हेटौंडा –काठमाण्डौ जोड्ने छोटो दुरीको मार्ग बिगत पाँच दिन देखि बन्द भएको छ । हेटौंडा, भिमफेदी, कुलेखानी, फाखेल वा सिस्नेरीको सडक भएर ओहोर दोहोर गर्ने यात्रुहरु अहिले घुमाउरो बाटो भएर ओहोर दोहोर गर्नुपर्ने समस्यामा छन् । बितेको असार २९ गते पानी संगै पहिरो लड्दा कुलेखानी गाउँपाकिलाको फाखेलमा पहिरो लडेपछी सडक अवरुद्ध छ । तर, सडक मर्मत गर्नका लागि अझै केही दिन लाग्ने भएकाले हेटौंडा, काठमाण्डौ यात्रा गर्ने यात्रुहरु त्रिभुवनराजपथ र पुर्बपस्चिम राजमार्गको बाटो भएर ओहोर दोहोर गरिरहेका छन् ।
छोटो दुरीको मार्ग अन्तरगत सिस्नेरीमा पहिरो लडेर सडक अवरुद्ध भएको एक साता नाघिसकेको छ । दुबै अवरुद्ध सडक खुलाउनका लागि प्रयाश भईरहेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो । हेटौंडा काठमाण्डौ ओहोर दोहोर गर्ने कान्तिलोकपथ अवरुद्ध भएको १५ दिन भइसकेको छ । कान्तिलोकपथको अवरुद्ध खुलाउन धेरै दिन लाग्ने प्रहरीको भनाई छ । कान्तिलोकपथ सडकको ठाउँ ठाउँमा पहिरो लडेकाले यो सडक पुर्ण रुपमा सञ्चालनमा ल्याउनका लागि एक महिना दिन भन्दा बडी लाग्ने भएको छ ।