नेकपा मकवानपुरको इञ्चार्जमा कुमारी र सहइञ्चार्जमा खतिवडा

हेटौंडा । नेकपा मकवानपुरको इञ्चार्जमा कुमारी मोक्तान र सह इञ्चार्जमा बिरोध खतिवडा चयन हुनु भएको छ । नेकपाको आज भएको केन्द्रीय सचिवालय बैठकले मोक्तानलाई इञ्चार्ज र सहइञ्चार्जमा बिरोध खतिवडालाई चयन चयन गरेको हो । तर, यो निणय बाहिर भने सार्वजनिक गरिएको छैन ।
पहिलेका पार्टीका इञ्चार्जलाईनै इञ्चार्ज बनाउने र तत्कालिन नेकपा एमाले तथा माओवादी बिचको भागवण्डामा मकवानपुरमा भने इञ्चार्ज तत्कालिन माओबादीको भागमा परेको हो । यता मकवापनुरको अध्यक्ष भने तत्कालीन नेकपा एमालेका मुनु सिग्देल यसअघिनै चयन भइसक्नु भएको छ ।
दुबै पार्टीको एकिकरणपछी पार्टी अध्यक्ष तक्कालिन एमाले भएको जिल्लामा इञ्चार्ज माओवादी केन्द्रको तर्फबाट हुने सहमति अनुसार इञ्चार्जमा मोक्तानले जिम्मेवारी प्राप्त गर्नुभएको एक जना केन्द्रीय नेताले जानकारी दिनुभयो । यो निणय आधिकारीक रुपमा सार्वजनिक भने भएको छैन ।