मकवानपुरको कैलाशमा खोलाले बगाएर एकको मृत्यु, पहिरोले पुरिएकी महिलाको ७ घण्टापछी उद्धार

जनपत्र
२८ असार २०७६, शनिबार ०६:३८

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १० मा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । डर खोला तर्ने क्रममा हिजोबाट बेपत्ता भएका स्थानीय सानुकान्छा सुनारको सव आज बिहान फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो । खोलाले बगाएर हिजोबाट बेपत्ता भएका सुनारलाइ बगाएको स्थानबाट दुई सय मिटर भन्दा तलबाट फेला पारिएको प्रहरीले जनाएको छ ।

यसैगरी मकवानपुरको कैलाश गाउँपालिका ५ कालिखोलामा पहिरोले पुरिएकी ५५ बर्षीया तारामाया पाख्रीनको ७ घन्टापछि उद्धार गरिएको छ । शुक्रवार दिउँसो १२ बजे पहिरोमा पुरिएकी तारामायाको स्थानीय युवाहरुले साझ ७ बजे उद्धार गरेको वडाध्यक्ष छेकु लामाले जानकारी दिनुभयो । गम्भीर घाइते अबस्थामा उद्धार गरिएकी तारामायालाइ उपचारको लागि स्वास्थ्यसंस्था लगिएकोे लामाले बताउनु भयो । उहाँको खुट्टा भाँचिएको छ भने शरिरका अन्य भागहरुमा चोटपटक छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*