मकवानपुरमा बाढीको यस्तो छ वितण्डा, गर्भवतीलाई लोडरले खोला तारियो

जनपत्र
२७ असार २०७६, शुक्रबार १३:२५

हेटौंडा । मकवानपुरको ठाउँ ठाउँका खोलामा बाढी आएको छ । निरन्तरको वर्षाका कारण खोलामा बाढी आएका कारण हेटौंडाका धेरै स्थान डुवानमा परेका छन् । बिशेषगरी हेटौंडाको शान्तिज्नगर डुवानमा परेको छ ।

यहाँका धेरै घरहरु डुवानमा परेका हुन् । घर डुवानमा परेर समस्या भएकाहरुलाई उद्धार गर्ने काम गरिएको ससस्त्र प्रहरी वल हेटौंडाका डिएसपी अमर खत्रीले जानकारी दिनुभयो । उद्धारको काममा ससस्त्र प्रहरी आज बिहानैबाट लागिएको उहाँले बताउनुभयो ।

मकवानपुरको भिमफेदी गाउँपालिका भैसे बागझोरा खोलामा बाढी आएका कारण गर्भवतीलाई हेटौंडा अस्पताल ल्याउन नसकेपछी लोडरको माध्यमले खोला तारेर ल्याइएको छ । सुत्केरी ब्यथा लागेकी गर्भवती महिला छटेपटीन थालेपछी लोडरका माध्यमले खोला तारिएको हो ।


मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर १ बन्जरे र माझगाउँ सम्झना बजारको सीमानामा राईगाउँवाट हेटौंडा जाँदै गरेको यात्रुबाहक बस खेस्रे खोलामा अड्कीएको स्थानीय वासिन्दाले बताएका छन् ।

मकवानपुरको मनहरी गाउँपालिकाको धेरै क्षेत्र राप्ती नदिको जोखिममा भएकाले जोगिनका लागि गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले आग्रह गर्नुभएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ स्थित कुखरेनी खोलामा लगातारको वर्षासंगै बाढी , त्यसमाथि हिजोबाट बत्ती लाइन छैन । अब लाइन नभएपछि खानेपानीको समस्या सञ्चारमा समस्या भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*