हेलिकोप्टरबाट उद्धार गरिएका मकवानपुर राक्सिराङको सात बर्षीय बालकको पनि ज्यान गयाे

जनपत्र
२७ असार २०७६, शुक्रबार ०७:२४

बिशाक्त च्याउ खाएर बिरामी परेपछि मकवानपुरको राक्सिराङ गाउँपालिका ७ दाराङस्थित बिकट गाउँबाट हेलिकप्टरमार्फत उद्धार गरी उपचार गरिएका अर्का बालकको पनि बिहिबार साँझ मृत्यु भएको छ । च्याउ खाएका १३ दिनपछि ७ बर्षीय सोमसिं चेपाङको पनि मृत्यु भएको हो । बिशाक्त च्याउ खाँदा एकै घरका ४ जना बिरामी परेकामा सोमसिं सहित अन्य ३ जनाको ज्यान गइसकेको छ ।

बिशाक्त च्याउ सेवनपछि १३ बर्षीया बुन्जीमायाँको घरमै मृत्यु भएको थियो । उनका दाजु १९ बर्षीय बर्दलाल, भाई ७ बर्षीय सोमसिं र बुवा ४८ बर्षीय दिपबहादुरलाई बिरामी अबस्थामा गाउँबाटै हेलिकप्टरमार्फत उद्धार गरी चितवनको भरतपुरस्थित अस्पतालहरुमा उपचारका लागि ल्याइएको थियो । उपचारमा ल्याइएकामध्ये १९ बर्षीय बर्दलालको पनि केहीदिन अघि मृत्यु भएको थियो । यो खबर आजको गोरखापत्रमा छापिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*