हेटौंडा क्याम्पसमा एक वर्षमै एक करोडको भौतिक पूर्वाधार निर्माण

हेटौंडा । हेटौंडा क्याम्पसमा चालु आर्थिक बर्षमा एक करोड ३ लाख रुपैयाँको भौतिक पूर्बाधार निर्माण गरिएको छ । पछील्लो समय शिक्षा क्षेत्रमा पनि अगाडी बढ्दै गएको क्याम्पसमा भौतिक पूर्बाधार थपिएसंगै अब कक्षा कोठा, हल, सौचालयको समस्या हटेको छ । चालु आर्थिक बर्षमा प्रदेश सरकार र संघिय सरकारको लगानीमा क्याम्पसमा एक करोड ३ लाख रुपैयाँ लागतमा पूर्बाधारका काम गरिएको हेटौंडा क्याम्पसका प्रमुख देवचन्द्र मानन्धरले बताउनुभयो ।
५० लाख रुपैयाँ लागतमा अडिटरिङ हल निर्माण
प्रदेश ३ सभाका सदस्य तथा हेटौंडा क्याम्पस ब्याबवस्थापन समितिका अध्यक्ष मुनु सिग्देलको पहलमा सबै भन्दा ठुलो रकम प्रदेश सरकारको लगानीमा पूर्बाधारका काम गरिएको छ । क्याम्पसमा प्रदेश ३ सरकारको ५० लाख रुपैयाँ लागतमा अडिटरिङ हल निर्माण गरिएको छ । अत्याधुनिक सुबिधा सहितको हल निर्माण गरिएको हो । एक सय ५० जनाको सिट क्षमता रहेको हलमा कुनैपनि कार्यक्रम गर्न सकिने व्यावस्था रहेको मानन्धरले बताउनुभयो । त्यही रकमबाट नमुना कक्षाहरु पनि निर्माण गरिएको छ ।
इलाईबेरी निर्माण
क्याम्पसमा इलाईबेरी निर्माण पनि गरिएको छ । चालु आर्थिक बर्षमा इलाइबेरी निर्माण गरिएको हो । यसैगरी ३० लाख रुपैयाँ लागतमा कम्प्युटर तथा साईन्सका सामाग्री राख्नका लागि ल्याब भवन निर्माण गरिएको छ । ल्याबका सामाग्रीहरु क्याम्पसमानै रहेकाले भवनमात्र निर्माण गरिएको उहाँले बतााउनुभयो । संघिय सरकारको सांसद बिकाश कोषको रकमबाट हेटौंडा क्याम्पसमा चालु आर्थिक बर्षमानै अपाङ्गमैत्री सुबिधा सम्पन्न सौचालय निर्माण गरिएको छ ।
२० लाख रुपैयाँ लागतमा सौचालय निर्माण गरिएको हो । यसैगरी हेटौंडा उपमहानगरपालिकाको ३ लाख रुपैयाँ सहयोगमा क्याम्पसको पर्खाल निर्माण गरिएको छ । हेटौंडा ४ का वडाअध्यक्ष नबिन सिग्देलको पहलमा १८ वर्षपछी आधुनिक माबिको बाटो र हेटौंडा क्यापसको जग्गा बिवाद पनि मिलेको छ । क्याम्पसको १० कठ्ठा जग्गामा भौतिक पूर्बाधारका काम गरिएको हो ।
क्याम्पसमा २ हजार बिद्यार्थी अध्यनरत
पछील्ला वर्षहरुमा हेटौंडा क्याम्पसमा बिद्यार्थी संख्या पनि बृद्धी भएको छ । कक्षा ११ देखि स्नाकोत्तर तह सम्म पढाइ हुने यस क्याम्पसमा अहिलेको अवस्थामा २ हजार जना बिद्यार्थी अध्यनरत रहेको क्याम्पसका प्रमुख मानन्धरले जानकारी दिनुभयो । क्याम्पसमा ४७ जना शिक्षक र १० जना कर्मचारी कार्यरत छन् । अहिले क्याम्पसमा अत्याधुनिक लाइबेरी निर्माण गरिएपछी बिद्यार्थीहरु खुसी भएका छन् । लाइबेरीका लागि हेटौंडा ४ वडा कार्यालयबाट २ थान कम्प्युटर सहयोग आएको छ ।