उच्च अदालत पाटन, हेटौंडा इजलासद्वारा ७९ प्रतिशत मुद्धाको फैसला

जनपत्र
२६ असार २०७६, बिहीबार १६:५०

हेटौंडा । उच्च अदालत पाटन, हेटौंडा इजलासले एक वर्षको अवधिमा ७९ दशमलव ४९ प्रतिशत मुद्धाको फछर्याैट गरेकोे छ । चालु आर्थिक बर्षको साउन महिना देखि यही असार २५ गते सम्ममा झण्डै ८० प्रतिशत मुद्धाको फैसला गरेको हो । उच्च अदालत पाटन हेटौंडा इजलासको आयोजनामा मकवानपुरका सञ्चारकर्मीहरु संगको अन्तरक्रिया कार्यक्रमका अवसरमा यसबारेमा जानकारी दिइएको हो ।

हेटौंडा इजलासमा ११ महिना २५ दिनको अवधिमा एक हजार १ सय ५५ मुद्धाको फच्यौट गरिएको अदालतका रजिष्टार विकास श्रेष्ठले बताउनुभयो । चालु आर्थिक वर्षको कुल मुद्धा एक हजार ४ सय ५३ मध्यमा एक हजार १ सय ५५ मुद्धाको फच्यौट भएको उहाँले जानकारी दिनुभयो । अव २ सय ९८ वटा मुछा असार २५ गते सम्म बाँकी रहेका छन् ।

चालु आर्थिक वर्षको साउन महिना देखि यही असार २५ गते सम्ममा एक हजार एक सय ५९ वटा मुद्धा उच्च अदालत पाटन हेटौंडा इजलासमा परेका थिए । बितेको आर्थिक वर्षबाट २ सय ९४ वटा मुद्धाको जिमेवारी सरेर चालु आर्थिक वर्षमा आएकोे रजिष्टार श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा उच्च अदालत पाटन, हेटौंडा इजलासका मुख्य न्यायधीश टेकराज नेपालले आफुहरु एउटा घेरावन्धीमा रहेर काम गर्नुपर्ने बाध्यतामा रहेको बताउनुभयो ।

निस्पक्ष, स्वतन्त्र पूर्बक आफुहरुले काम गरेको बताउनुभयो । विचौलियाबाट न्यायधीशलाई कसैले प्रभावमा पार्न खोजेको थाहा पाएमा जानकारी दिनका लागि उहाँले आग्रह समेत गर्नुभएको छ । कुनैपनि कुरा सुधारको पक्षमा आफुहरु रहेको उहाँको भनाई छ ।
कार्यक्रममा उच्च अदालत पाटन, हेटौंडा इजलासका न्यायधीशहरु पष्पराज कोइराला, चण्डीराज ढकाल, कृष्ण गिरी, गोपाल भट्टराई, महेन्द्रनाथ उपाध्याय लगायतकाको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*