प्रदेश ३ सरकार तत्लो बर्ग सम्म पुग्दैछ–मन्त्री जमकट्टेल

हेटौंडा । प्रदेश नम्बर– ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले सबै भन्दा तल्लो बर्ग सम्म प्रदेश सरकार पुग्नका लागि काम गर्न थालिएको बताउनुभएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा प्रदेश सरकारको पहिचान निशुल्क कानूनी सहायता अभियान कार्यक्रमको आज हेटौंडामा आयोजित समिक्षा कार्यक्रमलाई संबोधन गर्दै उहाँले तल्लो बर्गका अन्यायमा परेका दलित, महिला सम्म प्रदेश सरकार पुग्नका लागि कानूनी सहायता कार्यक्रम ल्याइएको बताउनुभयो ।
गउँ घरमा परेका छुवाछुत लगायतका जघन्य खालका अपराधहरु कानूनी सहजकर्ताले प्रदेश सरकारलाई रिपोर्ट गर्नुपर्ने बताउनुभयो । कानूनी सहजकर्ताहरुलाई क्षमता र अनुभव बनाएर काम गर्नका लागि निर्देशन दिदै उहाँले भन्नुभयो–‘नकारात्मक भन्दा पनि सकारात्मक सोच बनाएर काम गर्नुपर्छ । शोच र काम गर्ने शैलिमा परिवर्तन हुनुपर्छ । अझै कर्मचारी र सुरक्षा निकायले काम गर्ने शैलि परिबर्तन गर्नु आवस्यक छ ।’
तीन तहका सरकारका आफ्नै अधिकार भएकाले यसै अनुसार सहकार्य गरेर काम गर्नुपर्ने मन्त्री जमकट्टेलले बताउनुभयो ।
स्थानीय सरकार र समन्वय समितिलाई बलियो बनाएर काम गर्नुपर्ने उहाँले बताउनुभयो । अहिले पनि एकले अर्कालाई अधिकार दिन नचाहने समस्या रहेको उहाँको भनाई छ । आफु भने संघियताको पक्षमा स्पष्ट रहेको पार्नुभयो । संबिधान भन्दा माथी कोही पनि नभएकाले यसलाई सबैले बुझ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुणासैनी, रामेछाप जिल्ला समन्वय समितिका उपप्रमुख दिपा पाख्रीन, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिब राजकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप बिष्ट लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा सहभागि ११ वटा जिल्ला समन्वय समितिका उपप्रमुख, स्थानीय तहमा खटाइएका सहजकर्ताहरुले आफ्ना समस्या र धारणाहरु ब्यक्त गरेका थिए ।