भिमफेदीको सुपिङमा पानी खुवाउन तीनै तहका सरकारको चासो

पाँच करोड रुपैयाँ लागतमा अबको दुई दुईवर्ष भित्रमा ३ सय ६५ घरधुरीलाई पानी खुवाइने ।
जनपत्र
२२ असार २०७६, आईतवार १४:४२

हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका वडानम्बर –५ सुपिङमा पानी खुवाउनका लागि तीनै तहको सरकारले चासो दिएका छन् । भिमफेदीको तल्लो सुपिङ, माथिल्लो सुपिङ, खोला डाँडा, तल्लो ज्यामिरे माथील्लो ज्यामिरेमा पानी खुवाउनका लागि तीनै तहको सरकारले लगानी गरेका छन् । चालु आर्थिक वर्ष देखि तीन वर्षमा खानेपानी योजना सक्नेगरी यस वर्षबाट काम सुरु गरिएको छ । गाउँमा पानी ल्याउनका लागि स्थानीय महिला र पुरुष उत्तिकै खटिएका छन् ।

कुल ४ करोड ९२ लाख रुपैयाँ लागतमा तीन वर्षमा निर्माणको काम सक्नेगरी काम भईरहेको भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताउनुभयो । भिमफेदी गाउँपालिका वडानम्बर ५ धुरधुरेखोलाबाट पानी ल्याएर सुपिङ लगायतका क्षेत्रमा पानी खुवाउन लागिएको हो । खानेपानीका लागि पाईप तान्ने, ट्याङकी निर्माण गर्ने लगायतका काम भईरहेको छ ।

वषौदेखि खानेपानीको समस्या बेहोर्दै आइका यहाँका वासिन्दाहरुका लागि अबको दुई वर्षमा पानीको सुबिधा पुग्ने छ । यहाँ पानी ल्याउनका लागि संघिय सरकार, प्रदेश नम्बर ३ सरकार र भिमफेदी गाउँपालिका लागिपरेका छन् । तीनै तहका सरकारको लगानीमा ३ सय ६५ परिवारलाई पानीको सुबिधा दिन लागिएको गाउँपालिकाका अध्यक्ष लामाले बताउनुभयो । तीनै तहका सरकारले चालु आर्थिक वर्षमा ८५ लाख रुपैयाँ खर्च गरेका छन् । यसमा भिमफेदी गाउँपालिकाले मात्र ३८ लाख रुपैयाँ खर्च गरेको उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*