थाहानगरमा बिराट ज्ञान महायज्ञ सुरु

हेटौंडा । उत्तरी मकवानपुरको थाहानगरपालिकामा श्रीमद् भागवत पितृमोक्ष धनधान्यान्चल सप्ताह बिराट ज्ञान महायज्ञ आजबाट सुरु भएको छ । बिहान कलश यात्राबाट सुरुवातगरि औपचारिक कार्यक्रम प्रतिनिधि सभाका सांसद बिरोध खतिवडाले उद्घाटन गर्नु भएको थियो । मन्तव्यको क्रममा प्रतिनिधि सभा सदस्य बिरोध खतिवडाले प्राबिधिक शिक्षा मार्फत देशमा सक्षम जनशक्ति उत्पादन गर्ने र गाउँ गाउँ नगरमा युबालाइ रोजगार प्रदान गर्ने प्राबिधिक शिक्षा हरेक बिधालयमा पढाउनु पर्नेमा जोड दिनुभयो ।
यस क्षेत्रलाई धार्मिक पर्यटन क्षेत्र बनाउनका लागि केन्द्रिय तह बाट सक्दो सहयोग प्रतिबद्धता जनाउनु भयो । त्यसैगरी मत्स्यनारायण माविका प्रधानाध्यापक तथा महायज्ञका माहासचिवले पुण्यको क्षेत्र भएकोले सक्दो सहयोग गर्न सम्पुर्णलाई आग्रह गर्नुभयो । मत्स्यनारायण माविमा प्राबिधिक शिक्षा सञ्चालन तथा थाहानगरपालिका वडा नम्बर २ मा रहेको पाथीभरा मन्दिरलाई धार्मिक पर्यटकिय स्थल को रुपमा बिकाश गर्न आयोजना गरिएको हो ।
महायज्ञ असार १९ देखि २५ गते सम्म चल्ने चल्ने छ । महायज्ञमा वालब्यास नारायण न्यौपानेबाट कृष्णचरणामृत कथा बाचन गर्नु हुनेछ । मत्स्यनारायण मावि व्यवस्थापन समितिको अध्यक्ष नवराज बिष्टको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमा थाहानगरपालिका उप–प्रमुख खड्ग गोपाली, विभिन्न संघसस्थाका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, सामाज सेवि लगायतको उपस्थिती रहेको थियो ।