चार वर्षमा आफन्तबाट ६८४ जना मारिए

जनपत्र
१८ असार २०७६, बुधबार ०६:३७

आर्थिक वर्ष २०७२/७३ देखि पछिल्ला चार वर्षमा आफन्तबाटै ६८४ जनाको हत्या भएको छ । आफन्तबाटै हत्या हुने क्रम बढेपछि यस्ता घटनाले पारिवारिक सम्बन्धमाथि नै गम्भीर र डरलाग्दो प्रश्न चिह्न सिर्जना गरिदिएको छ ।

नेपाल प्रहरीले तयार पारेको एक तथ्यांकले आर्थिक वर्ष २०७२/७३ देखि २०७५/७६ सम्मका चार वर्षमा आफन्तबाटै परिवारका सदस्यदेखि आफ्ना निकटका मानिएकासम्मको गरी ६८४ जनाको हत्या भएको देखाएको हो ।

तथ्यांकअनुसार पछिल्ला चार वर्षमा श्रीमानबाट २७५ जना श्रीमतीको हत्या भएको छ । यसबीचमा श्रीमतीबाट ५८ जना श्रीमान मारिएका छन् । यसैगरी बाबुआमा मिलेर १५ जना सन्तााको हत्या गरेका छन् भने छोरालेमात्र विगत चार वर्षबीचमा आमाबाबुको हत्या गरेको ५३ घटना छन् । –राजधानी दैनिकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*