हेटौंडाको हटियामा प्राविधिक शिक्षालयको धान रोपाई

हेटौडा । हेटौडा १६ हटिया चिसापानी स्थित जनप्रिय माध्यमिक विद्यालय प्राविधिक शिक्षालयले १६ औ राष्ट्रिय धान दिवस मनाइएको छ । खेतमा धान रोपेर यो दिवस मनाइएको हो । प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।
उहाँले विद्यालयले नै परीक्षण गरिरहेको धान रोप्दै कार्यक्रमको शुभारम्भ गर्नु भएको हो । सभासद पुलामीले जमीनको उत्पादकत्वमा वृद्धि गराउन उन्नत र प्रविधियुक्त खेतिप्रणाली सञ्चालन गरिनुपर्ने र जमीनलाई बाझो राख्न नहुने तर्क प्रस्तुत गर्दै प्रमुख खाद्यान्न बाली धानको उत्पादनमा वृद्धि गर्न राज्यको ध्यानाकर्षण गराउनु भयो ।
कार्यक्रममा बागमती गाउँ पालिका प्रमुख सर्केस घलान ,हेटौडा उपमहानगर पालिका १६ का अध्यक्ष राम कृष्ण कोइराला विद्यालय ब्यावस्थापन समितिका पूर्व अध्यक्ष हरु कमल विष्ट , रमेश प्रसाद खतिवडा , क्यापस समिति अध्यक्ष मोहन बस्ताकोटी लगायत प्राविधिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम विद्यालयका प्रधानाध्यापक नमराज अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो भने कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समिति अध्यक्ष लोक नाथ चौलागाईले गर्नु भएको शिक्षक युक्तलाल बिश्वकर्माले जानकारी गराउनु भयो ।