फास्ट बलिङ लाइनअपलाई बलियो बनाउन इङ्ल्यान्डले जेमीलाई बोलायो

जनपत्र
३ असार २०७९, शुक्रबार ०७:४०

न्यूजिल्यान्डविरुद्धको तेस्रो टेस्टअघि इङ्ल्यान्डले आफ्नो फास्ट बलिङ लाइनअपलाई बलियो बनाउन जेमी ओभरटनलाई टोलीमा सामेल गरेको छ।

२८ वर्षीय जेमी यस सिजन उत्कृष्ट बलरका रूपमा उभिएका छन्। काउन्टी च्याम्पियनसिपको यो सिजनमा जेमीले २१ विकेट लिएका थिए। यसबाहेक टी–२० ब्लास्ट प्रतियोगिताका ७ खेलमा उनले २७ को औसत र २०९ को स्ट्राइक रेटमा रन बनाएर ब्याटिङबाट पनि योगदान दिएका छन्।

आफ्नो तीव्र गतिले सबैलाई प्रभावित पारेपछि उनी टेस्ट टिममा समेटिएका हुन्। इङ्ल्यान्डले सिरिजमा २–० को अग्रता लिइसकेको छ। सन् २०१५ मा न्यूजिल्यान्डविरुद्धको एकदिवसीय सिरिजका लागि पहिलो पटक राष्ट्रिय टोलीमा छनोट भए पनि जेमी अन्तर्राष्ट्रिय डेब्यूको पर्खाइमा छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*