यूरोपमा १७ सेकेन्डमा कोरोनाले एक जनाको मृत्यु : डब्लूएचओ

जनपत्र
५ मंसिर २०७७, शुक्रबार ०६:३७

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड-१९’ संक्रमणका कारण यूरोपमा १७ सेकेन्डमा एक जनाको मृत्यु भइरहेको विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०ले जनाएको छ । डेनमार्कको कोपनहेगनमा भएको प्रेस ब्रिफिङमा डब्लूएचओका यूरोप निर्देशक ह्यान्स् क्यूजले यस्तो बताएका हुन् ।

यूरोपमा लागि आउँदो ६ महिना निकै ‘कठिन’ हुने चेतावनी दिएको छ । कोरोनाको दोस्रो लहर सुरु भइसकेको यूरोपमा अबको ६ महिना अझै कठिन हुने देखिएको उनको भनाइ छ । डब्लूएचओका यूरोप निर्देशक क्यूजले महाद्वीपमा गएको हप्तामात्रै २९ हजारभन्दा धेरैको कोरोनाका कारण मृत्यु भएको छ । तर पनि विभिन्न देशले लकडाउन लागु गरेसँगै संक्रमितको संख्या भने घटिरहेका उनको भनाइ छ ।

अक्टोबरमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि यूरोपका विभिन्न देशले कडा प्रतिबन्धहरु लागु गरेका छन् । डब्लूएचओका अनुसार विश्वभर ५ करोड ५९ लाखमा कोरोना पुष्टि हुँदा यूरोपमा मात्रै १ करोड ५७ लाखमा कोरोना पुष्टि भएको छ ।

विश्वभर कोरोनाका कारण १३ लाख ४४ हजारको ज्यान गएको छ भने यूरोपमा मात्रै ३ लाख ५४ हजारको मृत्यु भइसकेको छ । यूरोपमा सबैभन्दा धेरै मृत्यु हुनेको संख्या बेलायत, रुस, फ्रान्स, स्पेन, इटाली र जर्मनीमा छ । बेलायतमा सबैभन्दा धेरै साढे ५३ हजारको मृत्यु भएको छ । फ्रान्समा भने संक्रमितको संख्या २१ लाख नाघिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*