कश्मीरमा सशस्त्र समूहको आक्रमणबाट १२ घाइते

जनपत्र
४ मंसिर २०७७, बिहीबार ०५:४३

जम्मू–कश्मीरको पुलवामा जिल्लास्थित सुरक्षा फौजको टोलीमाथि सशस्त्र लडाकुले आक्रमण गर्दा कम्तिमा १२ सर्वसाधारण नागरिक घाइते भएका छन् ।

पुलवामा प्रहरीले गस्ती गरिरहेको सुरक्षा फौजको टोलीलाई लक्षित गर्दै लडाकुहरुले ग्रिनेड आक्रमण गर्दा गलत निशानामा लागी सर्वसाधारण नागरिक घाइते भएका थिए । भारतीय समाचार संस्था पीटीआईका अनुसार मंगलबार दिउँसो पुलवामा जिल्लाको काकापोरा क्षेत्रमा यस्तो घटना भएको थियो । विस्फोटको क्रममा १२ स्थानीय मानिस घाइते भएको पीटीआईले प्रहरीको हवाला दिँदै उल्लेख गरेको छ ।

घटनापछि उनीहरु सबैलाई स्थानीय अस्पतालमा लगेर उपचार गराइएको छ । यसै हप्ता मात्रै उत्तरी कश्मीरमा ७ वर्षीय एक बालकसहित चार नागरिक आक्रमणमा मारिएका छन् । यस्तै चार सिपाहीले समेत ज्यान गुमाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*