उत्तर प्रदेशमा ५० बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इन्जिनियर पक्राउ
भारतको उत्तर प्रदेशको सिंचाइ विभागमा कार्यरत एक जुनियर इन्जिनियरलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ । उनले ५० भन्दा बढी बालबालिकामाथि दुर्व्यवहार गरेको आरोप लगाइएको छ । उनले बालबालिकाका विभिन्न तस्वीर बनाएर बेच्ने गरेको आरोप लगाइएको हो ।
समाचार एजेन्सी पिटिआइका अनुसार यी व्यक्तिले १० वर्षदेखि यस्तो काम गर्दै आएका थिए । उनले पाँच वर्षदेखि १६ वर्षका ५० वर्षका बालबालिकामाथि यस्तो घृणित काम गर्ने गरेको बताइएको छ । उनले बालबालिकालाई चुप रहन भन्थे र उनीहरुलाई मोबाइल तथा पैसा दिने गरेका थिए । प्रहरीले उनीसँगै आठ लाख भारतीय रुपैयाँ र अन्य विभिन्न सामान बरामद गरेको छ ।







