कुवेतमा सवारी दुर्घटना, एउटै कम्पनीमा कार्यरत दुई नेपालीको मृत्यु

जनपत्र
२१ कार्तिक २०७७, शुक्रबार ०७:२०

कुवेतमा भएको सवारी दुर्घटनामा एउटै कम्पनीमा कार्यरत दुई नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा जाजरकोटका दीपक सिंह ठकुरी र नेपालको ठेगाना नखुलेका पल बहादुर पुन रहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

कुवेतको सीजीजीसी कम्पनीमा कार्यरत रहेका उनीहरु काम सकेर कोठा फर्किने क्रममा दुर्घटनामा परेका थिए । दूतावासका अनुसार कम्पनीको बसलाई बिपरित दिशाबाट आईरहेको मालवाहक गाडीले ठक्कर दिदा दुर्घटना भएको जनाएको छ । उपचारका क्रममा ठकुरीको नोभेम्बर ४ तारिखमा र पुनको नोभेम्बर ५ तारिखका दिन मृत्यु भएको जनाएको छ ।

३ वर्षदेखि कुवेतमा कार्यरत रहेका मृतक ठकुरीको घरमा छोरा, छोरी र श्रीमती रहेका छन् भने मृतक पुन ठेगाना खुल्न सकेको छैन । कम्पनीसँग समन्वय गरेर उनीहरुको शवलाई नेपाल पठाइने दूतावासले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*